जुँगा

कवि
कवि

बि.बि. पौडेल (भूटानी)
ओहायो, अमेरिका 

अच्चम्म,कसैलाई सुन्दर देखाऊ छन् त कसैलाई
कुरूप देखाउँछन्,मान्नै पर्छ यी जुँगाहरूको कमाल
परन्तु,कसले रोपो र आउछन धरि-धरि यी जुँगाहरू?
अनि कसले यसलाई मल जल गर्दै छर धरि-धरि
फुत्त-फुत्त बाहिर निस्कन्छन्?
सुन्छु,सिन्सिनाटीमा पनि जुँगाहरू पलाऐ रे !
तर लाग्छ,जुगॉले घमण्ड नगरेको नै राम्रो
किनकि जति नै दर्रीए अनि खर्रीए पनि
आखिर जुगॉ? जुगॉ नै हुन, चिम्टीको नाश।
जति बाहिर आउन खोजे पनि हुन्छ यसको सधैँ
ओढार मुनिको अप्ठ्यारो बास।
गर्दैन यसले केही, नत खाने मुखलाई नै छेक्नसक्छ
नत किरा, फटेड़ग्रा अनि झिँगाहरू नै यसले रोक्न सक्छ।
त्यसैले,चुर्मर्रीएर कतिले दैनिक रूपमा मार्छन् यसको लामो हुने आस।
सम्झन्छन्,टाल्दैन छानो अनि हुँदैन गाई बस्तुको दाम्लो र घॉस।
तर कुन पण्डीत्ले जुराए यसको नाम ठाड्के र घोप्टे जुँगा भनी?
अनि किन आउछन यी जुगॉहरू विश्व भरका पुरुषहरू छानी-छानी?
विडम्बना, डाँडा घरे जिजाल बालाई जुँगे भन्दा रिसाउछन
अनि गहिरी गॉउका कान्छा बा जुँगे भन्दा गद्गगद् हुन्छन्।
मान्नै पर्छ यी जुँगाहरूको चमत्कारी कमाल।
तर म भन्छु,जुँगा महिला र पुरुष बिचको सीमा रेखा।
अनि पुरुषहरूको अति नै महँगो गहना।
त्यसैले हुनेले सिहारौं र नहुनेले आसा गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *