जुँगाको धावा
भानु ढुङ्गाना
क्यानाडा
भर्खर -बसेका जुँगाका रेखीहरूले,
मेरा प्रौढ जुँगाहरूलाई
धम्की दिन्छन् भने !
मैले के गर्न सक्छु र ?
ऊ जस्तै भएर म पनि सिँगौरी हानौँ भने
उसका कलिला जुँगाको हालत के होला ?
मलाई तपाईँले जवाफ दिने कि ?
म अरुपनि केही सोधौँ ?
भन्नु होस् त महासय !
आकाशका नजिक पुगेका चराहरूलाई,
अब तल पानीमुनि पुर्याई दिन्छु भन्छन् भने
मैले अब त्यहाँ भन्दा तल र माथि कहाँ दिनु ?
होइन भने उनीहरू भन्दैछन्-
तेरा प्रौढ भएका जुँगाको काम छैन!
त्यो पनि मेरालागि सही नै होला ?
मैले अब समयलाई के नै पो दिन सकौंलार ?
मेरो एकान्त, मेरो मनोबल, आफ्नै दृढ विश्वास
गर्नु पर्ने मैले नै हो सदियौँदेखि पुर्खाले दिएको बाटो।
भरे र भोलि भनेर आलेटाले हैन
रंग्याएको खुम्रीकपाल छोडेर
आफ्नै दूर दृष्टिको सपना लेख्नेहरू हो ?
प्रौढ भएका उस्तै एकजना बा!
किन जता ततै दूधेमा दौडिन्छौ ?
लागे हुन्न त, आफ्नै सत् कर्ममा ?
के भन्छन् यी बा फेरी ?
हैन हैन बाबु हो,
बाँस र उनैका छोरा
तामाहरूलाई हेरौँन हौ
छेडिँदैन आकाश
जति लम्के पनि यही हो हाम्रो निवास।