झिँगा

मणिराम धिमाल(दीपित)/अमेरिका

म………..
सानो छँदा
मेरा बुवा भन्नुहुन्थ्यो
यी झिंगाहरु
निर्वस्त्र उड्छन्
प्वाँख उखेलिदिँदा
आन्द्रा र भुँडी छरपस्ट हुन्छन्
झिंगा जस्तै म भनेर ।

म……….
मौन रहेर सम्झिरहन्थेँ
बुवाले के झिंगासंग
आफूलाई तुलाना ग-या होला
किन यी झिंगाको कुरा ग-या होला
यी फोहोरी झिंगाको
कहिले गुहु मुतमा भुन भुनाउने
कहिले आफ्नै भान्सामा रमाउने
यस्ता झिंगाको कत्रो प्रशंसा भनेर
म छक्क पर्थेँ ।

आज……….
झिंगाझैं उड्नुपर्ने
जहाँ जस्तो ठाउँ पायो
त्यहाँ बस्नुपर्ने
कहिले झुपडीभित्र
कहिले महलभित्र
कहिले खोरभित्र
कहिले फोहोरभित्र
भुनभुनाउनु पर्ने
साँच्चै झिंगा जस्तै
रहेछ हाम्रो जीवन ।

बुवा भन्नुहुन्थ्यो……
यी झिंगाहरु कति कायर छन्
एउटा छायाँको चित्र हल्लिँदा
पंख उचालेर उड्छन्
आफ्नो जातीत्वको
कुनै अर्थ छैन
न यिनको स्थाई घर नै छ
न कुनै थर नै छ
न कसैको भर नै छ
अचम्म लाग्दो यिनको जीवनचक्र
जहाँ जस्तो वातावरणमा पनि
समायोजन हुने ।

झिंगा…….
विश्वमा कति घृणित छन्
यिनको जीवनसँग सबै
चिरपरिचित भए पनि
पृथक छन्
कसैलाई यिनको वास्ता छैन
बेखबर छन् मन्दिरका पूजारी
दरबारका कर्मचारी
कठैबरा–यी झिंगाहरु
निवस्त्र छन्– भोकै छन् ।

अब त…..
विश्वमा आत्मरक्षाको
अधिकार हुनुपर्छ
पशुपंक्षी अनि स–साना
जीवात्माको पनि
जिउने अधिकार हुनुपर्छ
आफ्नै भेषभाषा र धर्म संगालेर
आफू जन्मिएको माटोमा
स्वतन्त्रसँग बस्न पाउनु पर्छ
भन्नेहरुको जमात ठूलै छ
तैपनि आज….
विश्व मौन छ
यी झिंगाहरु अलपत्र छन्
देश–विदेशमा छरिएका छन्
सडक र नदी किनारमा ।

मान्छेहरु……..
नाक खुम्च्याएर हिँड्छन्
आँखा चिम्लेर दगुर्छन्
यी फोहोरी झिंगा भनेर
तर….सम्झ
यी झिंगाहरु
गजुरमा पनि बस्न सक्छन्
दरबारमा पनि पस्न सक्छन्
सडकमा पनि लड्न सक्छन्
नरकमा पनि भुनभुनाउन सक्छन्
जहाँ–जस्तो अवस्था छ
त्यहाँ–त्यहाँ बस्न सक्छन्
बाँच्न सक्छन् ।।

4 Replies to “झिँगा”

  1. Madhav Dhital

    Finally, creation came into reality.Its really a good creation.Sometime, poet seems too pessimistic .Neverthless, Optimistic feeling came at the end.Thats all i like.We are somehow related to housefly,but now we are landing for breathing space. Anyway, i give grade A to this creation.

  2. Mani Dhimal

    Madhavji thanks for alot to you. It is my creation that you like and send the comments of my creation. Plz give me your phone no and E-mail adress la.okey bye

  3. himkala rai

    Abhiwadan ! ……hajurko kabitale sachchinei manchhoyo . Wastabma nangei janmi malmal kapada ra hira motee pahirine ,magi khanie ,basi khane manaw ra jhingama kunei pharak 6oina Aajako samaj lai niyalda .

Leave a Reply

Your email address will not be published. Required fields are marked *