डण्ठे डलर
श्याम प्रसाद खनाल
पिट्टस्बर्ग,पेन्सिल्भेनीया
कुनै ठाऊँ बस्ने सुन मृदु कथा भाइ बिचकै।
थिए छन्तिन्भाई दुइ जन ठुला एक मसिनै॥१॥
ठुलाले भाईको पिर गरि दिए रात दिनको।
कुनै दिन्खोलामा तजि दिन कनै एक थइलो॥२॥
लगी भित्रै हाली मुख कसि लगे फ्याँकन भनी।
विचै बाटैमा नै अति भुँडि दुख्यो दाइ दुइ नी॥३॥
विसाए भाई औ दुइ जब दिसा गर्न छलिए।
उसै वेला भाई रुँदइ विचरा “मा” भनि दिए॥४॥
उसै मौक मै फेर्कुनइ वटुवा धेर धनली।
मिले झ्वाट्टै सोधे भन छ कुन? “मा” प्यार गरली॥५॥
भने भित्त्रै बाटै म त पुगि रछू स्वर्ग पुरिमा।
न वाधा पारे है फुकुवा तिमि मै वन्दन महा॥६॥
पिता पुर्खा भेटी सँग छु महतारी अनि म ता।
वटूवाले मागे अलि कति दया देउन सखा॥७॥
शितैमा नै दिन्थेँ तर छु टुहुरो योस्थल विना।
कतै केही पाए अलि समय तक्दिन्छु त बना!॥८॥
भने सम्मै मोलै दिन त वटुवा भन्छ खुसिले।
म ब्स्छू त्योठाँऊँ हय धन छ यो लानु तिमिले॥९॥
भने सम्मै पायो हय-धन लि गो भाइ घरमा।
पछी दाई आई नद बिच तजे लोभि वटुवा॥१०॥
घरै दाई पुग्दा अतुलित धनै भाइ घरमा।
पुछे वाँच्यौ केले भनत हय धन्फेरि सङमा॥११॥
बोल्यो भाई फ्याँक्थ्यौ अलि पर भने औधि धनलि।
कती बाँड़ी दिन्थेँ तर नजिक भै आछु यति ली॥१२॥
यसो सुन्दा दाई अव म पनि लौ जान्छु भनि गै।
स्वयम्फाल्मारीए जुन बिच नदी लोभ लि दुवै॥१३॥
भयो यस्तै खाल्को “भव मृदु कथा” हामि कतिमा। उ
खेली फ्याँकेका सव यि जनता देश परमा॥१४॥
मिल्यो भाग्यै राम्रो जग-जन र सर्कारि सफला।
सँगै जागिर्गाडी वर-पर दयालू जन महा॥१५॥
सताए सामन्ती नृपति वलले “नौ ख”सनमा।
परे डण्ठा- चोटै शरिर भरमा जो जन महा॥१६॥
यहाँ मिल्छन्सेवा कठिन सहियो झेल बिचमा।
यहाँ ऊल्टा त्यस्को खपत डलरै आ छ दिनमा॥१७॥
सहीदै कोही ता मरि हुन पुगे अट्टाल गति।
वँचेका छौँ साथी! नर-मन प्रथा भाग्य भर ली॥१८॥
वहाँ बज्र्यो ड्ण्ठा मलम त यहाँ क्यै डलरकी।
मिलो नी घाऊमा यहि गनि लिए पट्टि भन की॥१९
यसो हूँदा डण्ठे डलर भनियो माफ गनू!।
भनौ काव्व्यै वन्दा नव – रस परे कै शरि भनू॥२०॥
अमीलो वा तीतो कवि रस कतै पर्छ भरनू।
यसो हूँदा डण्ठे डलर भनियो माफ गरनू॥२१॥