तिमी

भावना गिरी
क्यानाडा

प्रेम लुट्पुटाई आउने झरी हौ तिमी
मनको मोठमा खेल्ने मञ्जरी हौ तिमी |

जोडले धड्किने मेरो दिलको हाल हौ तिमी
समुद्र्को काखमा छल्की झर्ने छाल हौ तिमी |

मेरो सिउँदोमा भरिने रातो सिन्दूर हौ तिमी
मेरो मात्रै हैसियतले अङ्गाल्ने कोहिनूर हौ तिमी |

मैले मात्रै रच्ने सुन्दर रचना हौ तिमी
मैले मात्रै चाहने चाहना हौ तिमी |

मुटुको भित्तामा कोरिने चित्र हौ तिमी
जुनीभरिलाई बाँध्ने मङ्गल्सुत्र हौ तिमी |

रानी म तिम्रो , अनि मेरो राजा हौ तिमी
घुम्टो भित्र नचाउने,नौमती बाजा हौ तिमी |

Leave a Reply

Your email address will not be published. Required fields are marked *