तिमी र एक्लो म
रमेश गौतम
नर्वे
कुनै दिन
निर्जन एउटा बस्तीमा
तिमीलाई भेटेको थिएँ
अपरिभाषित एउटा विशेष पल
व्यंग्य हाँसिरह्यो
म एक्लो थिएँ
म रुग्ण थिएँ
अझ
म विवश थिएँ ।
तिम्रा आँखाहरुले
धर्ती फाट्यो भन्थे
मलाई थाहा थिएन
धर्ती र आकाशका कुराहरु
अप्ठ्यारा खुसीहरू
र अपरिहार्य गल्तिहरु;
एउटा ग्लानी-
विशेष अनुबन्धित समय
तिम्रा सूचनाद्योतक नयनहरु
मलाई सबै पीडादायक लागे ।
क्षणभरमा तिमी रुँदै थियौ
(तिमीलाई मात्र सुटुक्क भनूँ है !)
मलाई आँसु पीडादायक लाग्छ
अझ असह्य लाग्छ
म संवेदनाले भरिएको मान्छे।
तर तिमी रुँदै गर्दा
म विवशताबीच हाँस्दै थिएँ
तिमी जालमा पर्दा
म आफैं लाई बिर्सिएर
मुस्कुराउँदै थिएँ
एउटा अप्ठ्यारो खुसी-
तिमी रुँदै गर्दा
म हाँस्दै थिएँ
साँच्चै
म मुस्कुराउँदै थिएँ ।
२७ मार्च २००४
साहित्य सङ्गम भूटान
दोश्रो मासिक भेला
शनिश्चरे
o good kabita dai. i really appreciate u r poem based on the theme of humanity, salvation, and past memories. keep on posting such weighty poem in the site.