तिमी र म उस्तै उस्तै!

कवि

गोविन्द लुइँटेल्
ओहायो, अमेरिका

 

बिहान घाम झुल्किदा तिमी कोल्टे परेर सुत्छौ
म पनि थकाइ लाग्दो काम सुरु गछु॔
तिम्रो रात मेरो दिन
मेरो रात तिम्रो दिन
कसरी भेट हुन्छ अनि ?
कसरी बात हुन्छ अनि ?
फोनको लामो कन्ट्याक लिस्ट बिना
फेस बुकको खेतमा बाहेक
हेरा हेर र बोलचाल छैन
तिमी पनि बेसुरमै भत्भताउछौ
म पनि बेकाममै फत्फताउँछु
सपनामा पनि बिपनामा नि
जिवनचाय॔ तिम्रो व्यस्त छ
मेरो झनै शून्य मस्त छ
म गीतमा भए
तिमी सङ्गीतमा
तिमी नृत्यमा भए
म निदे॔शनमा
म पुजाआज,भेलामा भए
तिमी डिस्को, पाटीमा
मेरो सोच तिम्रो सिज॔ना
तिम्रो चाहना मेरो कामना
तिमीले आरीस् गदा॔
म आँखा बेसरी तछु॔
म भाग्यमा विश्वास गछु॔
तिमीमा धम॔मा विश्वास गछौ॔
त्यसैले जताबाट हेरे पनि
जति रूप रङ्ग फेरे पनि
तिमी र म उस्तै उस्तै हौँ
तिमी र म उस्तै उस्तै
हो उस्तै उस्तै !

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *