तिमीलाई देखेपछि

कवि

टंक उप्रेती
काठमाडौँ

तिमीलाई देखेपछि
मैले
काँडाहरु छामेँ

एक टुक्रा खण्डित सूर्य
मेरा अगाडि झ-यो
मैले उठाएर
आफैसँग राख्न चाहेँ

आकाशको नीलो बिम्ब बनेर
मेरो जीवनमा आउन चाह्यो
मै काँडाहरु छामेँ एकपटक
तिमीलाई देखेपछि मैले काँडाहरु छामेँ

छामिरहन्छु काँडाहरु
जब देख्छु सुन्दरता


काँडाहरु बोकेर हिँड्छु
जसरी काँडा बोकेर हिन्छन्
तमाम जीवित मानिसहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *