तिम्रो जवाफको प्रतिक्षामा

कवि

यतिराज अजनबी
एड्लेड , अस्ट्रलिया

हे नव वर्ष!
तिम्री दीदीले मेरो प्यारो दाईको
प्यारो फक्रदै गरेको जीवन
यही आगनमा चुढेकी थि
र मैले एउटा कलमले
श्रद्धाञ्जली लेखेको थिए उसलाई
आज पनि म त्यही आगनमा छु
अर्को कलम पनि
किन्न सकेको छैन
त्यही आगनम उभिएर
त्यही कलमले तिम्लाई
खै कस्तो शुभकामना लेखुँ म ?

पोहोर लागेका घाउहरू
पुरिएर बिसेक भए पनि
डायरिका पानाहरू
पीपले पहेंलै छन अझै
यसो नियालेर हेर्दा
आलै देख्छु ती चोटहरू
जता जता बतास बग्छ
उतै उढ्ने त्यो तिम्रो चुनरी
मेरा यी डायरीका घाउहरूलाई
पट्टी बन्ला भन्ने
पत्यार पटक्कै लाग्दैन
अनि तिमीबाट राहत
मलाई केही मिल्दैन भने
मेरो पीरले तिम्लाई चिल्दैन भने
केको आशले
तिम्लाई निमन्त्रणा गरु म ?

पल्लो गाउँमा शङ्ख बजिरहेछ
मलामीहरू डाकेर
तिमी भने हातभरि चुरा र
पाउमा पाउजु छन्छनाउदै आउछ्यौ
मेरा छिमेकीहरूले
बर्खान्त बोकेको बेला
बेहुली सिंघारिएर आउछ्यौ
वरिपरि भैंचालो छ
मूल ढोकानेर अवशेषहरू ओछ्याएर
कसरी तिमीलाई स्वगात गरौं ?

२५ चैत्र २०६०,  विराटनगर

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *