तीज

अनन्त आचार्य
अस्ट्रलिया

हिन्दु धर्म अन्तर्गत ‘तीज ‘ नेपाली नारी  र संसार भरि छरिएर बस्नु भएका नेपाली भाषी नारीहरुको एउटा ठूलो पर्व हो । जसको आफ्नै  इतिहास ,अस्तित्व र  रमहत्व रहेको छ।  बिवाह भएका महिलाहरुले तीजको ब्रत बसेर शिवको आराधना, आफ्नो पतिको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दछन् भने अबिवहित दिदी बहिनीहरुले  आफ्नो हुनेवाला पति सर्वगुण सम्पन्न होस भनी पानी समेत् सेवन नगरी ब्रत बस्दछन्। यो हरीतालिका तीज वस्तुतः भाद्र महिनामा हुने गर्छ,यद्यपि यदा कदा असोज महिना पनि छुने गर्छ ।

यो चाडमा महिलाहरुले बिभिन्न रंगीचंगी मूलतः रातो वस्त्र पइरीएका हुन्छन । यो साँस्कृतिक वस्त्रले उनीहरु अति सुन्दर, बेहुली झैँ  देखिन्छन्। सदैव घरको काममा ब्यस्त रहनुहुने दिदी बहिनीहरुको यो एउटा खुसीको ऐतिहासिक दिन हो, जहाँ अत्यन्त रमझम , भक्तिपरक एवं भक्तिरसले  युक्त भएका गीतहरुको  गुन्जयमान हुन्छ,नाचिन्छ , मानु यहाँ स्वर्गको प्रतीत  हुन्छ ।

तीज जम्मा तीन दिन मनाइन्छ –  पहिलो दिन दर खाने दिन बढो आनन्ददायक  हुन्छ । मध्य रातमा दर खाने परम्परा छ ।

दोस्रो दिन मुखमा पानी समेत् नपीई ब्रत लिने दिन हो ।

विविध मन्दिरमा भगवानको भक्ति, प्रार्थना, तथा मुख्य रुपमा  पशुपति नाथ मन्दिर र, आफ्नो अवस्था अनुसार प्रायः गाउं घरमा  यसको प्रतिपादन गरिन्छ।

तेस्रो दिन बिदिवत रुपले दतिउन, गोबर , हिलो माटो ,तिल, कुस आदि वस्तुको प्रयोग तथा  स्नान गरी, धार्मिक अनुष्ठान रही, ॠिष पन्चमिको पूजा बढो धुमधामका साथ लगाइन्छ। साथ साथै भगवानका चर्चा, महिमा र मुटु स्पर्स हुने भजनहरु गाइन्छन्।

तीज हिन्दु (नेपाली र नेपाली भाषी) नारीहरुको महान चाड हो।  यो चाडमा टाडा – टाडा बिवाह भएर आफ्नो घर  गएका  चेलीहरुलाई आफ्ना दाजु, भाई, बुवा – आमाहरुद्वारा श्रदापूर्वक तीज मनाउन वोलाइन्छ। एक आपसमा दुःख – सुख साटा साट गरिन्छ। कोही चेलीहरूका दुर्भाग्यवस आफ्ना माइतीहरू हुन्नन् , यो बेला उनीहरुको मन बढो अमीलो हुन्छ ; नरमाइलो लाग्छ ; हुन पनि हो सबैको सम्योगमा उनीहरुको मात्रै वियोग सुन्नेलाई पनि  खल्लो लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *