त्यो बाघ होइन

कवि
कवि

डिल्लीराम शर्मा आचार्य
नर्वे 

त्यो बाघ होइन,
त्यसले बाघको छाला मात्र ओडेको छ
तिमीलाई तर्छाउन,
तिमी आँट र साहस मात्र गर
तिमी उसका नजिकमा पुग्दा
ऊ परपर सर्दै भाग्ने छ ।

किन भने ऊ साँच्चिकै बाघ होइन
परबाट हेर्दा बाघ देखिएको छ
ऊ तर्साउन नक्कली बाघ बनिरहेको छ
तिमी निर्धक्क भएर अगाडि बड
उसले तर्साउने प्रयास गर्छ ।

तिमी बढ्दै जाऊ ऊ सर्दै जान्छ
आजकल यस्ता नक्कली बाघ
थुप्रै बनिएका छन्के
वल तर्साउन मात्र
तर्सिनेहरुका लागि साँच्चिकै बाघ
उज्यालामा होइन अँध्यारामा
उसको फोस्रो गर्जाइ सुनेर
तिमी छक्क पर्नेै छौ
जस्को कुनै महत्व र गहिराइ छैन ।

सारंगीको तार छिने जस्ता आवाजहरू
थुप्रै तिम्रा कानमा त्यतिबेला पर्ने छन्ज
तिबेला तिमी बाघसँग लुकामारी
खेलिरहेका हुन्छौ
अब तिमी निर्धक्क भएर जाऊ
त्यो साच्चिको बाघ होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *