थुइक्क ज़िन्दगी
डम्बर घिमिरे
एड्लेड अस्ट्रलिया
फिक्का अनुभूतिको स्वास लिँदै
विस्मृतिका कन्दराबाट बिनायोको
श्रुतिमधुर स्वरागमनको आनन्दै भिन्नै
हुँदो हो सायद
आधुनिकताको खाष्टो अोडेर परिवर्तनको
ढोल पिट्नुसंग अन्योन्याश्रित सम्बन्ध निर्माण
गरी आश्रित वैधानिकता माथि तुषारापात भएको
ट्वालट्वल्ति हेर्नु पर्ने – थुइक्क जिन्दगी ।
मौलिकताको जिउँदो मलामी ,
विवेचनात्मक शंखध्वनि पुजारीबाको निर्जिव आस्था सल्काउछ
विवेचनात्मक शंखध्वनि पुजारीबाको निर्जिव आस्था सल्काउछ
उछिनपाछिनको शल्यक्रिया हेर्नुहोस
नाटकीय धारमा ब्याख्या गर्छ
मानसपटलका रक्त नलिको बिस्फो़ट,
आलोचनाको धाँदलि पराकाष्टाको चारित्रिक
संयोजनको महाअदिवेसन!
पौराणिक दंत्य कथाका काल्पनिक पात्र
जस्तै पर्याय – थुइक्क जिन्दगी ।
किचलोको खेती, सभ्यताको उपज नापनार्थ औज़ारको रिक्तता खड्किंदोछ
चैतन्यताले नेटो काटेको जमाना
उसमाथि शिथिल मनोवैज्ञानिक चिकित्सालय!
अभाव र सुन्यताको विमोचन गर्नुमा मूर्तिको
दोष होइन सृजनात्मक बिकासको खाँचो-
औपचारिक नेत्रदोष हुनुपर्छ !
निर्भिकताले विकराल रूपको अप्रत्याशित
प्रदर्शनीको पनि अर्कै आशय हुनुपर्छ,
दर्शनको पुंजीभूत औ पाश्चात्य धरोहर
अंगीकारार्थ परिवेश- थुइक्क ज़िन्दगी ।