दर्ता नभएको शहीद

कवि

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

आमाको मुटुमा बज्रपात भो
सन्तती मारिए आँखाको अघिपछि गरी
चित्कार अनौठो हुँदा बलत्कार काखमा
झरिबादल झर्दै अकाश निशासियो रातमा

निश्चल हावा एकान्तमा निर्जन
गाँउका खोला नालाका दृश्य
भेट हुने आशामा निस्किएको छोरो
चट्याङ गर्जिंदा  सुनकोश खोलामा भेटियो

बेखबर छोराको खबर सोध्दै जेल हाल्यो
विहोशमा छट्पटाइ पानी माग्दाँ पिसाब दियो
काँचो आलो रगतले भिजेको सिरानीमा
दिदी बहिनीको शरीर चुसिरहेको थियो

मेरी दिदी, बहिनी….आमा भन्दा भन्दै नेल लायो
कसम खुवायो सब भन् भनी, आमो सारिमा बेरि
दूधबाट मुख निकाली किल्किले चुडाइदियो
छट्पटाई लडिरहे लाखौँ सन्तान प्रजातन्त्रको काखमा

माटो बाटो माग्दै निस्केको मसाल जुलुस
गन्तब्यमै पुग्न नपाउँदै धुँवामा निशासियो
प्र.जा.तन्त्र भन्न खोज्दा खोज्दै राउनीङमा सकियो
यत्रतत्र भएको लास भारतमा गाभियो

हे मानब अधिकारवादी हो ! निराङ्गकुशलाई सजाय देऊ
होइन भने नेपालीभाषी भुटानीलाई निसाफ दिलाइदेऊ
वाक स्वातन्त्रता र प्रजातन्त्रको हिसाब गर्न आउँदैछौँ
९०को दशक अघिपछि जननी जन्म भूमिमा सहादत पाप्त गरेका
अनि तिम्रो निरङ्कुश खातामा दर्ता नभएका शहीदहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *