दुई रुवाई
१.
मरेर बाँचेका जिउँदा लाश हौं हामी,
बाध्यतामा आजका दास हौं हामी,
चाहे अमेरिका, केनाडा चाहे अष्ट्रेलिया किन नबसौं
तर, नेपाली मूलका भूटानी खास हौं हामी !
२.
प्रेममा न जात न धर्म भन्नेहरूलाई सलाम,
अनि मुखमा राम बगलीमा छुरा भर्नेहरूलाई सलाम
जात र परम्पराकै कारण नारीको हत्या,
यस विषयमा कलमीयुद्ध भण्डाफोर गर्नेहरूलाई सलाम !