देशले पनि भुल्यो होला

इन्द्र प्रकाश खवास

रङ्गी चङ्गी फुलाइ फूलले, दसैँ तिहार आयो होला,
घर–घरमा शरदको नौलो रौनक छायो होला ।

आमा बाबा दाजुभाइ दिदी बहिनीहरूको,
वर्ष दिनको पर्व मुहारमा नयाँ कान्ति आयो होला।

सिरिरि बतासैमा धानको बाला झुल्यो होला,
मखमली सयपत्री आँगनीमा फुल्यो होला ।

आफन्त र गाऊँ घरका साथीसंगी के भनुँर,
परदेशीलाई हिजो आज देशले पनि भुल्यो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *