गजल ७७: दोबाटोमा ?

होमनाथ सुवेदी
वुडब्रिज, भर्जिनिया

साँध छैन जिन्दगीको दोबाटोमा सुलेको छु
जति धेरै घुमे पनि बिगल्लीमै खुलेको छु ।

हिजो पनि यही बाटो आज पनि उही टाटो
अग्रगामी छँदैछैन फूलमाथि फुलेको छु !

दोबाटोमा हिडेको छु देख्छु त्यही चौबाटो हो
हिजो पनि त्यही थियो आज त्यहीँ घुलेको छु ।

हिँडे पनि छाया जस्तो बसे यौटा यही चोक
स्थायित्वको भेला मानी स्वयम् आफै डुलेको छु ।

हिज पनि यही गल्ली आज पनि उही गल्ली
व्यायामको भ्रमणमा प्यारसितै भुलेको छु ।

विकासको नाम राखी विदेशमा आएको हुँ
पराइको बिगल्लीमा फिका हाँसो हुलेको छु ।

०९/०१/२०१०

  • गजलकार अन्तराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष हुन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *