नायग्राफल्स

भानु ढुङ्गाना
क्यानाडा

 

हाम्रो देशको नायग्राफल्स
हाम्रै देशको गहना
हाम्रो देशको झर्ना-छटा
हाम्रै देशको सम्झना।।

झर्ना छाँगा छहरा छन्
निला निर्मल छन्
ताल-छाल फहरा छन्
सररर यसरी तान्छ हाम्रो मन।।

सुन चाँदी  यही छ
झर्ना छाँगा भित्र
वारि पारि भँगाला
आपसका मित्र ।
यो देशको धरहरा
सिएन टावर
ओन्टारियो मङ्गल
हरियो जङ्गल

बाछिटाले भिजाएको
प्रवाह छ सारा
आऊ बसौँ आनन्दले
शान्ति राखौँ प्यारा।।

सप्त-रङ्गी इन्द्रेणी छ
पानीमाथि छाई
तालदेखि छाल सम्म
सबैतिर भ्याई

वारि-पारि हरियाली
सुन्दर शीतल  छायाँ
हाम्रा देशका सम्पदाको
सम्झना र माया।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *