पहिलो प्रेमको तस्बिर

कवि

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

हिंसारहित हुनु पर्छ
भन्दै नारा लगाउने
उनी…..
राजनीतिबाट अलिक
टाढा….
युवा, महिला, बालबालिका सब–सबका
दबिएका, थिचिएका एउटा आवाज हुन्
उनी…….
धेरैले मदर टेरेसा त, कसैले
महिला नेता…आदि..आदि
कतिले कान्क्रिकारी आमा
जे भने पनि उनी देशलाई
नयाँ चुनैति दिन चाहन्थिन्
नयाँ परिर्वतनबाट,
केही नभएकी, कोही नभएको
स्वातन्त्रतामा रमाएर
चिलसँग प्रतिस्पर्धा गर्ने
आर्तनादमा नडराउने
उनी….
हिमालको मुस्कान हुन्
पग्लिएर समुन्द्र पुग्ने
हिउँमा पानीको
शक्क्ति खोजी
गाँउ, शहर र राष्ट्रमा
हिंसारहित समाज राख्ने
एउटा देशको
निमार्णको नमुना
सुनाउँदै रङ्गमञ्चमा
बाचा,गाँजा र नारामा
रातो अबिरमा सजिएकी
विभिन्न पत्र–पत्रिकामा
फ्रन्टपेजमा जोशिएकी
देशलाई केही भन्न खोजिरहेकी
उनी….
मेरो मनमा आइरहने
विचार र दर्शन
उनीकै पाटोमा टाँसिन्छ
साँच्चै एउटा रथ बनाउनको
लागि म पनि संघर्षमा छु
पल–पल, क्षण–क्षणमा
सोचिरहेको मेरो
भित्ताको तस्बिर
आज पनि मसँगै, उसबेला
खिचिएको तस्बिर
मेरो पहिलो प्रेम हो ।

 

One Reply to “पहिलो प्रेमको तस्बिर”

  1. Lakshmi Prasad Dhakal

    अर्जुन भाइ,
    राम्रो बगेको कबिता. मिठो सैली अनि सुन्दार शब्द चयान.

    लक्ष्मी ढकाल
    अम्सटरडाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *