पानी जीवन बिताउन चाहिने आधारभूत तत्व
कृष्ण भण्डारी (काईलो)
आइडाओ, अमेरिका
पानी जीवन बिताउन चाहिने आधारभूत तत्व हुनु पर्ने
उसले उम्रेर मात्र के काम
मूल फुटेर मात्र के काम
जब बाली-नालीको सिचाई हुन सक्दैन
ऊ लगातार बगी मात्र रहने हो भने
नदी बन्नुको र सागर बन्नुको
चट्टान फोरेर बाहिर देखा पर्नुको के अर्थ
किन सृष्टि भो पानीको पहाड तोडेर?
रुख डाडा-पाखा बगाउदैमा
उर्लिदो खहरे, त कतै शान्त झरना झर्दै
सललल एकोहोरो बालुवा
ढुंगा-मुडा-माटो र पातपतिंगर
खोला किनारका खेतबारी
भित्तो भत्काएर खर्कलाई
पहिरोमा परीणत गराई
जमिनलाई उजाड पार्नु
के यस्तै यस्तै हो पानी उम्रनुको पराक्रम?
पानी उम्रेर सानु बगाईबाट ठुलो हुदै
दोभान -त्रिवेणी आदि
अनि धेरै नदीहरु सम्मिलित भै
गाउ-बस्ती र सहरलाई
फराकिला-सागुरा-गोरेटो-गोरेटो
सब बाटाहरुलाई र समतल मैदानलाई चुप्लुक डुबाउदै
एकिकृत मानिसहरु र सपरिवार
हासी-खुसीकासाथ जीवन बिताई रहेका
उधार चित्तका र धनी ब्यक्तिहरुका हृदयामा
निराश, गरिबी र उजड़ता तुल्याएर
भयङ्कर शब्द दिदै समुद्र भेट्न लम्कनु मात्र
पानीको सत्य साँचो उदेश्य हो?
सृष्टिकर्ताले पानी बनाउनुको तात्पर्य
आफ्नु अस्तित्वमा बाँच्न
तिर्खाएकालाई पिउन योग्य
माटैबाट उम्रिएको भएता पनि
साचै संग्लो र कन्चन
बग्ने क्रममा स्वच्छ,चीसो र शान्त स्वभावको
जीवन र मृत्यु बिच संघर्ष गरिरहेका
उकाली-ओराली र भन्झ्यांग अनि चौतारीमा
भरिया र यात्रीहरु पसीना पुछ्दै
लखतरान भै बिसाएकालाई
लक्ष्य सम्म पुग्न नसकेका
टक्क- टक्क-टक्क टेक्दै-टेक्दै हिन्नेहरुका
प्यासी हृदयलाई,भोकाएको रित्तो भुडिलाई
शीतल दिन र भोक मेटाउन
अनि प्यास बुझाउँन सक्नु पर्छ
पानी कहिले कुलामा बग्दै,
कहिले इनारमा त कहिले कहाँ
उकालो नालामा वा पायप
अनि ओरालो जमीनमा
बग्दै-बग्दै बिजुली उत्पादन गराउन
अद्द्यरो गाउ-बस्तीमा उज्यालो छर्न
अन्धकारमा रुमल्लिएका
काकाकुल वा मृगतृष्णा भई दौडिएका
ज्योती नपाएर भौतारिएका
आफै-आफैदेखि आत्तिएका , तर्सिएकाहरुलाई
प्रकाश दिएर सत्य भेट्टाउन
मद्दत पुगेको हुनुपर्दछ
संसारलाई आफ्नु अस्तित्व लुकाएर हैन
कर्तव्य बोध भई,आफ्नु पहिचान के हो
ज्ञानी र बुद्दिकासाथ
सबैलाई सचेत गराउन
फुलबारी होस् कि काडाघारी
ढुंगे जमीन होस् कि मलीलो माटो
दुर्गन्धमा होस् या स्वच्छतामा
जहाँ जहिले जस्तो अवस्था पर्छ
सिंचाइको, बगाइको, भिजाइको क्रममा
प्रत्येक गाउ-बस्ती -बाली-नाली
हरेक ठाउमा पानीले भिजाइनु पर्छ
उन्नतीको ह्रास हुनबाट बचाएर
सबैलाई परिपंच हुन सक्ने
रास माथि रास दिन सक्नु पर्छ
सिचाई हुन सक्नुपर्छ
पानी जीवन बिताउन चाहिने आधारभूत त्वत्तो हुनु पर्छ
K.D. sir,
“उकाली-ओराली र भन्झ्यांग अनि चौतारीमा
भरिया र यात्रीहरु पसीना पुछ्दै
लखतरान भै बिसाएकालाई”
लामु समय पछी आयो एस्तो मिठो कविता. फेरी पनि येस्ता कोसिलीहरु लिएर
“फुलबारी होस् कि काडाघारी
ढुंगे जमीन होस् कि मलीलो माटो
दुर्गन्धमा होस् या स्वच्छतामा
जहाँ जहिले जस्तो अवस्था पर्छ” आउदै गर्नु होला
लक्ष्मी प्रसाद ढकाल
आम्सटरडाम
लक्ष्मी प्रसाद ढकाल जी , धन्याबाद