पैसा

राधा काफ्ले
क्यानडा

पैसा तेरो नाम अरे
ठुला, बडा लम्पसार परे
छाडिनस् त ज्ञानी पनि
लगिस् सबको मनै हरि !!!

लठुवारे देखि सरोकारे सम्मै
बटुवारे देखि मन्दिरे जम्मै
बाध्य भयो सब तेरो दास बन्नै
बनाईस जति छन् तेरो बसमा मग्नै

लोभ्याउन, भड्काउन,फसाउन तँ भ्याँउछस्
न जानुन् कसैले यी गुँणहरू लुकाँउछस्
तेरो आकर्षणमा डुब्यो बुद्धि सबको
देखेनन् कसैले तेरो कप्टि बसको

कुर्सी र कर्मचारी तेरै भाषा बोल्छन्
पुलिस, प्रशासनले तेरै आदेश मान्छन्
वकिल, न्यायधीसले तेरै पक्ष लिन्छन्
सोझा सिधा जनता ओडारमै सडिन्छन्

बनायो कसले रूप रङ्ग तेरो?
फैलायो अशान्ति र भ्रष्टाचारको फेरो
कमायो जसले सके सम्म पैसा
उसैको छ कीर्ति बढिया र ऐसा

गरिब जनता यहाँ भयो मर्‍या मर्यै
धनी शासक वर्ग भयो बढ्या बढ्यै
लौ -लौ तेरै यो संसार सब कुछ
बनाईस दुनियाँ तँ माथि वशीभूत

उडाइस्, भिडाँइस्, गुडाइस्, पड्काइस्
कप्टि तँ पैसा दुनियाँ रुवाइस्
लौ-लौ अब ता संसारै डुबाइस्
तेरो साथ पाउनेको अहङ्कार बडाइस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *