प्रश्नै प्रश्नको उत्तर

कवि

अर्जुन प्रधान
अमेरिका

ऐ पिउने मान्छे, पिएर के हुन्छ ?
आफैंलाई हराइ अरुलाई खोज्छौ किन?
दोबाटो लिएर घुम्ती अनेक रोज्नु किन?
विचित्रको चौबाटोमा चिच्याएर के हुन्छ ?
तिमीसँग रहँदा चौतारी नै आफ्नो हुन्थ्यो
पहाड टेकी आकाशका तारा छुँदासम्म
जुनि जुनिसम्म जिउने लक्ष्य लिइरहन्थ्यौ
तर आज लक्ष्य र पक्ष सबै अरुलाई
प्रश्नै प्रश्नको उत्तरभित्र जिवन खोजिरहेछु
फर्किएर ओइलिन खोज्दासम्म रंग भरिदिने
बोत्तलको पानीले तिम्रो बिम्ब मेटाउन खोज्दैछु
आफैभित्र हराएर नयाँ जिवन खोजिरहेछु
सांसारिक बिचित्रमा माया ममत्ता लुटियो
शुद्ध हृदयले कल्पिएको संसार राप भो
जलाएर अरुलाई घमण्ड धनमा साटियो
म अरु के खोज्नु बैगुनीले गुन नदिएपछि
जीवन सात रंगको फुलबारी रहेछ
माली काली सब आई रोजेर जाने
रोजेर छाडेका सब रहल हुँदोरहेछ
त्यसैले एक्लै दुखमा जीवनजल साटिरहेछु
अब प्रश्नहरुको एउटा प्रश्नभित्र म
जीवन र जगत कुन प्यारो ? भनिरहेछु
बोत्तलको पानी रोकेर सासमा उत्तर-दुबै प्यारो
सास प्यारोमा उडिरह्यो भने शरीर चौतारीमा
मेरो सासलाई वायुमण्डलमा अन्तिम यातना भो
निस्सासिएर बिकल्पको पहल खोजिरहे चारसुर
अन्त्यमा मात्र थाहा भो, यो त कहिले कडा
कहिले नरम कच्चापदार्थको करामत रहेछ !
अब जिउँछु नयाँ जीवन लिएर भन्दै शरीर उठाएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *