प्राज्ञ दान खालिङसँगको भेट

लेखक
लेखक

शिवलाल दाहाल
विर्तामोड, नेपाल
प्रिय दाहालजी,
आखिरी लेख्न सकेँ, छोडिराखेको छु, लिनु होला । अबेर भयो क्षमा पनि दिन सक्नु प¥यो । आज लाग्छ व्यस्तताको भुवँरीको वीचमा भूमिका लेखी दिन्छु नभन्नु पर्ने थियो । जे होस्, यो यस्तै भयो । किताब छापिसकेको भए, यो मेरो लेख फिर्ता दिनु भए, पछि मलाई काम लाग्छ ।
वडा दशैंको सबै शुभकामना,
तपाईको
दान खालिङ
यो चिठी २०६१ सालको वडा दशैंको द्वादशी तिथीका दिन खालिङज्यूले मलाई लेख्नु भएको हो । उक्त चिठीका साथमा संग्रहका लागि भूमिका र एउटा टिपणी रहेछ “पाण्डुिलपि फर्काइन, यसबारे पछि केही गर्न चहान्छु ।” यो चिठी पढेपछि मलाई कस्तो लाग्यो भने खालिङज्यू एक विनयशील र चिन्तनशील व्यक्तित्व हुन् । म यसलाई क्षमायाचना पत्र मान्दिनँ किन भने उहाँले मसंग क्षमा माग्नु पर्ने कुनै कारण नै छैन । यो उहाँको समयनिष्ठता र इमानदारिताको पराकाष्ठ हो । जति वृद्ध भए पनि उहाँले समयलाई पालना गर्न सकिरहनु भएको छ । व्यस्तताले उहाँलाई छोडेको छैन । वास्तवमा कर्मशीलता नै एउटा विचारकको, एउटा चिन्तकको जीवन रहेछ ।
दुई नोभेम्वर,२००४ का दिन हामी तीन जना (मनोज राई, डम्बर ओस्ती र म) बिहानको आठ बजीतिर खालिङज्यूको दैलो ढक्ढक्याउन पुग्यौं । उतिखेर उहाँ अनारमनीमा बसेर लिटिल प्mलावर्स विद्यालयमा काम गर्नु हुनुहुन्थ्यो । खालिङज्यूसंग भेट भएको अथवा उहाँलाई देखेको यो पहिलो पटक थिएन । तथापि उहाँसँग बातचित भएको चाहिँ होइन, उहाँका विचारहरु भने एक दुई पटक सनेको हुँ । पहिलो पटक सन् १९९७ मा हाम्रै विद्यालय सनराइज एकाडमीमा एउटा साहित्यिक गोष्ठीमा उहाँ प्रमुख अतिथिका रुपमा आउँदा उहाँलाई साक्षतकार गर्न पाइएको थियो । उक्त कार्यक्रममा उहाँले हामीलाई नेपाली भाषा पढ्न र साहित्य लेख्न उत्साहित गर्दै देशप्रेम र रोमान्टिक कविता लेख्न प्रेरित गर्नु भएको थियो । उहाँले उदाहरणका लागि पेश गर्नु भएको सिद्धिचरण श्रेष्ठको ‘ओखल ढुङ्गा’ कविताको संझना सधैँ आइरहन्छ । विद्यालयको नाम भूटानकै डाँडाकाँडा, खोलानालाको नाममा नराखेर सनराइज एकाडमी राखेको प्रति पनि उहाँको आपत्ति थियो । दोस्रो पटक ५७ औं शरणार्थी दिवस २००१ का दिन साहित्यकार गंगाराम लामिटारे र संगीतकार प्रताब सुब्बालाई अतिथिको आसनबाट सम्मान गर्दै ‘हामीले गुणको कद्दर गर्न सिक्नु पर्छ, गुणको कद्दर गर्न नजान्नेहरु पत्रु हुन’ भन्नु भएको कुरा पनि मनभित्र गडेर रहेको छ ।
टेवलमा ठूल्ठूला दुईवटा शब्दकोश राखिएका रहेछन्, त्यसका छेउमा फाइलहरु तेस्र्याइएका थिए । विस्तारै उहाँ खाटबाट ओर्लिनु भयो । हामीले नमस्कार टक्¥यायौं । उहाँले पनि नमस्कार गर्नु भयो । दक्षिण पट्टिको भ्mयाल खोल्नु भयो र कुर्सीतर्पm संकत गर्दै बस्न आग्रह गर्नु भयो । हामी कुर्सी तानेर बस्यौं । त्यसपछि उहाँले सोध्नु भयो, ‘कति कामले, किन मलाई सम्झिनु भयो ?’ ‘तपाईहरुले मलाई चिन्नु भएको होला तर मैले चिनिनँ’, उहाँको थप कथन थियो । अनि मनोजजीलाई देखाउँदै भाइलाई त मैले देखेको हो, नाम भूलेँ  भन्नु भयो ।  मनोजजीले आप्mनो नाम बताइदिनु भयो । हाम्रो पनि परिचय भएपछि मनोजजीले हाम्रो साहित्यप्रतिको रुचीका बारेका भन्न लाग्नु भएको मात्र के थियो उहाँले, ‘त्यो त मलाई भनिरहनु परेन उनीहरुको अनुहारबाटै मैले बुझिहालेँ’, मनोेजजीको वाक्य नटुङ्गिँदै भनिहाल्नु भयो । उहाँलाई भेट्न जाने प्रायः साहित्यकार वा साहित्यप्रति अभिरुची राख्ने हुँदा हुन् । त्यसैले उहाँले सहज अनुमान लगाउनु भएको होला । त्यसपछि मेरो कवितासंग्रहका लागि भूमिका लेखी माग्न उहाँसमक्ष पुगेको कुरा हामीले बतायौं । “मैले बुभेmँ, केही समयपछि हो भने लेखिदिन्छु । नयाँ लेखकका बारेमा लेख्न झन मन लाग्छ”, उहाँले भन्नु भयो । हामी तीनै जना असमाञ्जस्यमा प¥यौं किन भने छोटो समयमा किताब निकाल्ने हाम्रो योजना थियो । त्यो कुरा उहाँलाई जनाउँदा हामीले बोल्नै नसक्ने जवाफ पायौं । उहाँको कथन थियो, “हामी आप्mनु समयको मात्रै ख्याल गर्छौ तर अरुलाई पनि समय चाहिन्छ भनेर विचार गर्दैनौं ।” हाम्रो कामै त्यस्तै थियो, उहाँसंग हामी कायल भइहाल्यौं ।
यसरी केही क्षणको गफ–गाफ पछि मेरा कविताको पाण्डुलिपि मागेर हामीलाई नजिकै राखेर कविता हेर्न थाल्नु भयो । शीर्षकमा परेको ‘तैरेको’ शब्द हेरेर भन्नु भयो “यो त हिन्दी शब्द हो ; नेपालीमा तरलागेको राख्नु ठीक हुन्छ, म त गाली गरिहाल्छु ” । ( पछाडी  तैरेको शब्दका सट्टामा तरङ्गिएको शब्द राखेर किताब प्रकाशनमा आएको छ) । मैले मसंग नेपाली भाषाको राम्रो ज्ञान नभएको कुरा उहाँलाई राखेँ । पहिलो कविताको शीर्षक ‘वावरी’ हेरेपछि यो वावरीको अर्थ के हो भनेर सोद्धा मैले ‘पूmल’ भन्ने जवाफ दिएपछि त्यसो भए ‘बाबरी’ हुनुपर्छ भनेर सच्याइ दिनु भयो । त्यस्तै फूलको ‘बास्ना’ हुनु पर्नेमा वासना भएछ । त्यसपछि शब्द–शब्द र पंक्ति–पंक्ति गर्दै तीन–चारवटा कविता हेरिदिनु भयो । सिक्न चाहनेलाई म सिकाइदिन्छु भन्दै ठाउँ–ठाउँमा भएका हिज्जेगत अशुद्धता शुद्ध गर्ने, कताकता शब्द फेर्ने र वाक्य थप्ने सुझाव दिनु भयो । आकाशगंगामा तरङ्गिएको पानीजहाज कवितामा एउटा पंक्ति ‘तर ती आह्रिसे होइनन्’ जोड्न लगाउनु भयो (पछि किताब छापिँदा छुटेछ) । उहाँका विचारमा आह्रिसेहरु कहिल्यै अरुको भलो चिताउँदैनन् र उक्त कवितामा कोलम्बसलाई यात्रा गर्न छेक्नेहरु, रोक्नेहरु आहिृसे होइनन् । कविता पढेर संरचना राम्रो छ भनेर प्रशंसा गर्दा मलाई भित्र–भित्रै खुसी र आनन्द लाग्यो । केही त लेखिएछ जस्तो भयो । फेरि भाषाकै बारेमा कुरा उठ्यो । भाषाको अध्यायन नगरी लेख्नु हुँदैन, लेख्ता किन लेख्तै छु भन्ने कुरा लेखकले सोच्नु पर्छ, भाषामा ध्यान दिनु पर्छ भन्दै उहाँले अंग्रेजीको एउटा शब्द टिप्नु भयो –टेवल । अंग्रेजीको टेबल फ्रेन्चमा तàदभि (त–ब्ला) हुन्छ किन भने अंग्रेजीमा ‘ट’ छ फ्रेन्चमा ‘ट’ छैन ‘त’ छ । त्यसकारण शब्दको उच्चारण गर्दा शब्दको अपभ्रमश हुन्छ । त्यस्तै नेपालीको ‘नजिक’ शब्द नलेखेर हिन्दीको ‘नज्दिक’ लेख्न थालिएको छ । हाम्रो भाषाको मौलिक शब्द छोडर अरु आषाका शब्द प्रयोगमा ल्याउन थालिएको छ । हामी अर्को भाषाको सोभैm नक्कल गरेर अनुवाद गछौं जस्तो कि हिन्दीको ‘क्यों कि’ को सोझो अनुवाद ‘किन कि’ । नेपालीमा ‘किन कि’ हुँदैन ‘किन भने’ हुन्छ । यसरी बोल्दा–बोल्दै जोसिएर एक चोटी टेवलमा हिर्काउनु भयो ‘नेपाली भाषा हाम्रो भाषा भन्दै’ । उहाँका प्रत्येक शब्दमा नेपाली भाषाको अस्मिताको खोजी, भाषाप्रतिको अगाध माया र जातीय गौरवको परिशिलन देख्ता मलाई उहाँप्रति बढो श्रद्धा जाग्यो । नेपाली भाषा र नेपाली जातीलाई सच्चा हृदयले माया गर्ने मानिससंग भेट भए भैmँ लाग्यो । मैले एउटा हाइकु पनि हेरी दिनका लागि आग्रह गरेँ । उहाँले नहेरी कनै भन्नु भयो, ‘हाइकु भएन होला त्यसमा अक्षर होइन उच्चारण हेर्नु पर्छ ।’ नभन्दै मैले पेश गरेको हाइकु, हाइकु भएन छ । उहाँले आपैmँले लेखेको हाइकु उदाहरणका लागि पेश गर्दै हाइकु तर्कले होइन परिस्थितिले स्वतस्फुर्त जन्मिनु पर्छ भन्नु भयो । “जापानबाट दुईवटा हाइकुका किताव मगाएको थिएँ, अहिले भाइहरुले लगेका छन् ; नभए म हाइकुको ढाँचा देखाइदिने थिएँ”, थप स्पस्ट पार्दै उहाँले भन्नु भयो ।
त्यसपछि जीवनका धैरे अनुभव र दुईवटा कथाका टुक्रा सुनाउनु भयो । उहाँले वृद्ध अवस्थामा भोग्नु परेका शारिरिक कष्ट, कठिनाइ र दुःखहरुको वर्णन गर्दा सम्वेदना र सहानुभूतिको भावनाले हामी द्रवीत भयौं । उहाँले आपूm वीरतामोड छोडेर भारतको सिल्गडी सर्न लागेको कुरा सुनाएपछि टाडा हुन लागिएछ भनेर हामी झन दुःखी भयौं । त्यसपछि अब के गरौं ? भनेर सोद्धा हामी अलमलमा प¥यौं । त्यो अलमलको भाव बुझेर उहाँले एउटा चिठी देखाउनु भयो । दुईवटा बाक्ला–बाक्ला बाधेका लिम्बुभाषाका शब्दकोश हेरिदिनु पर्ने, अन्य केही अंगे्रजीमा अनुवाद गर्नु पर्ने, अंग्रेजीमा भूमिका लेखिदिनु पर्ने अनेक काम भएको कुरा देखाउनु÷सुनाउनु भयो । त्यस्तो दयनीय शारिरिक अवस्थामा पुगेका र आँखामा चश्माले पनि नपुगेर मेग्निफाङ ग्लासले अक्षर हेर्नु पर्ने वयोवृद्ध लेखकलाई भूमिका लेखाउनु पनि कसरी नलेखाउनु पनि कसरी –बढो संकटमा प¥यौं । तर पनि उहाँलाई भूमिका लेखाएरै छोड्ने मेरो अठोट हुँदा फोटो कपी गरेर पाण्डुलिपिको एकप्रति उहाँकामा छोडेर हामी  फर्कियौं ।
पछि भूमिकासंग अघि शुरुमा उद्धत गरेको चिठी नातीनी (वीरतामोडको लिटल प्mलावर्स विद्यालयमा पढ्ने एउटी छात्रा) लाई छोडेर जानु भएकोरहेछ । दशैं पछि गएर ल्याएँ । किताब छापिइँ सक्यो होला भन्ने उहाँको चिन्ता थयो, त्यो त परै राखौं एक महिना पछि पनि किताब निस्किन सकेन ।
(रचना ः सन् २००४, प्रथमपटक यहाँ प्रकाशनमा ल्याइएको हो—लेखक)              

Leave a Reply

Your email address will not be published. Required fields are marked *