फरक नेपाली
खगेन्द्र गौतम
क्यानाडा
तिमी नेपाली, म नेपाली ! हाम्रो भाषा एउटै
पुर्खा एउटै भएरै होला की क्या हो ?
तिम्रो हाम्रो कर्म पनि उस्तै उस्तै।
मैले हामी उस्तै भनेर के गर्ने,
मलाई कहिल्यै देखेनौ तिमी जस्तै ।
नाता हाम्रो रगतको मात्र कहाँ हो र ,
भावनाको पनि त हो।
तर मैले मात्र यसो भनेर के गर्नु तिमीले प्याट्टै नबोले पछि,
त्यसैले त विलीन हुँदैछ हाम्रो सम्बन्ध शून्यतामा यसै।
अनायासै कयौँ पलहरू बिते तिमी जस्तै बन्न खोज्दा
आखिर म हुँ नै तिमी जस्तै,
तर किन गारो भैराछ मिल्न यहाँ ?
तिमी सधैँ सम्झन्छौ ;
मैले बोलेको भाषा, संस्कृति र संस्कार तिमीसँग सापटी लिएको हुँ।
अनि मेरो दौरा सुरुवाल र ढाका टोपी तिमीसँग पैँचो मागेको हुँ।
गलत ! यी सब गलत !
थाहा छैन कहिले देखि यी गलत विचार बग्न थाले तिम्रो दिमागमा ?
आफ्नैलाई त चिन्दैनौ तिमी ,
बैरीलाई कस्तो व्यावहार होला ?
कुन सभ्यताका कुरा गर्दै छौ खै कुन्नि;
भाइ भाइ फुटेर लडाइ लड्दै छौ,
खरानी घसेर जोगी बन्दै छौ।
Mero to man Sarai bujyo..
Very sweet via..
हो हाम्रो भाषा र संस्कृती मिल्थ्यो । अरुपनि धेरै कुरा मिल्थे होला तर त्यतिमै नेपालको भुगोलसँग जोडिएको पहिचानको अभिलाषा राख्नु हाम्रै अदुरदरिसिता हो जस्तो लाग्छ मलाई । हाम्रो भुगोल, अार्थिक, राजनितिक सम्बन्ध र सामाजिक सम्बन्ध अलग थियो । तर हामी भाषा, संस्कृति र पहिरनमै झुल्लि रहयौँ । संस्कृति त हाम्रो भारतसँग पनि मिल्थ्यो । हामी विचार गरेनौँ । पाकपस्तानमा अधिकंशले अझैपनि हिन्दी नै बोल्छन् । तर परेको खण्डमा उनिहरुले भारतलाई त्यही हिन्दी भाषामै गाली गर्छन् । मतलब उनीहरुले हिन्दी भाषाकै अाधरमा अाफुलाई भारतिय कहदैन । तर हामी नेपालको भुगोलसँग जोडिएको पिरिचयको वकालत गरिरहयौँ जुन हाम्रो पराजित मानसिकताको उपज िथथयाो