बज्रमान मख्ख छ

लेखक: आइ पी अधिकारी
कथा परिकल्पना: बिक्रम अधिकारी

बज्रमान मख्ख छ । कल्पनामा नचिताएको, सपनामा नदेखेको देशमा बुढेसकालमा आउन पाएकोमा उसको खुशीको सीमा छैन । अमेरिका उसले सुनेको देश – विश्वकै शक्तिशाली र धनी । पछिल्लो समय उसले केही अध्यायन गरेको थियो – पूर्वीय देशका कैयन धनाढ्यहरु पनि अमेरिका जान मरिहत्ते हाल्छन् । लाखौ, करोडौ फाल्न उनीहरु तयार हुन्छन् । साच्चिकै, एशियामा मानिसहरु अमेरिकालाई स्वर्ग हो कि भन्ठान्छन् ।

पुर्स्थापना अन्तर्गत अमेरिका आउने मध्ये ऊ निकै अघिल्लो व्यक्ति हो । नयाँ अनुसार, नयाँ देश अनि खुबै काम गर्ने जाँगर त्यसमाथि चलेबल अंग्रेजी । उसलाई अमेरिकामा काम पाउने त्यति गाह्रो भएन । धेरै दिनको लगातार कामपछि आइतबार थकान मार्न पार्कमा निस्केको छ ऊ । पुराना कथा, घटनाहरु र दिनहरु लामो अन्तरालपछि खुल्ला दिमागले सोच्न पाएकोमा खुशी लागेको छ । मन प्रशन्न छ ।

विदेशी कुरा नजेने के भो र ! जिन्दगीमा हैकम जमाएरै खायो । हिजो भुटानमा पनि गाउँको हर्ताकर्ता उही थियो । दश जनाको परिवार दुनियालाई काममा जोतेर पालेको थियो उसले । बोली बिक्थ्यो गाउँभरि । फकाएर नभए थर्काएर भए पनि गाउँलेलाई खेत जोत्न लाएकै थियो उसले । विचराहरु, चैतको अनिकालमे उसकै घरमा बिन्ती बिसाउन नआइ गरिबको छाक टर्दैनथ्यो – बर्षामा उसको खेत कसरी नजोतुन । उसको चातुर्यता त्यही थियो – गरिबलाई १०० रुपयाको काम लाएर २० रुपयाको अन्न दिएर पठाउनु । गरिबहरुको बाध्यता, विद्वानहरुको मुक दर्शकता अनि बोल्न सक्नेहरुका लागि रमिता थियो त्यो ।

‘क्षमता भए त आफै गरेर खाइ हाल्थे नि’ – उसको मन्त्र थियो । उसले भनेको नटेरे गाउँभरका ठिटा भेला गरेर अटेरीलाई कुटाउनु उ गर्वको कुरा ठान्थ्यो । आफूलाई महान व्यक्ति भनाउन उ कुनै कसुर पनि बाकी राख्दैनथ्यो ।

१९९० को प्रजातान्त्रिक आन्दोलनका बेला पनि उसले सुरुमा खुबै धन कमायो । सरकारबाट स्याबासी पनि पायो । आन्दोलनमा भाग लिन जानेको नाम जोङ्दालाई बुझाउनु, सरकार बिरुद्ध गाउमा कुरा गर्नेहरु विरुद्ध पोल सुनाउनु अनि सरकारको अत्याचारको खिलाफमा बोल्नेलाई जेलमा पुर्याकउनु उसको धर्म बनेको थियो ।

गाउँबाट मान्छे खेदिन थाल्दा उसको खुशीको सीमा थिएन । तर बज्रमानलाई त्यसबेला बज्र पर्योा जति बेला सरकारले उसलाई पनि देश छाड्ने आदेश दियो । सरकारी आतंक मचाउञ्जेल शासकहरुलाई बज्रमानको आवश्यकता थियो । गाउँ खाली भैसकेपछि उसको पनि उपयोगिता सकिएको ठानेर उसलाई देश छोड्न भनिएको थियो । जासुसी गरेर सरकारको प्यारो बनेपछि केही हुन्न भन्ने सपना उसले देखेको थियो । गाउँ खाली भए, सबै जग्गाको मालिक आफू हुन सक्ने सपना देख्दै थियो उ ।

आसु पुछ्दै नेपाल छिरेको बज्रमान हिजो आफैले चम्चागिरि गरेर देशबाट लाखेटेका मानिस संगै बस्नु पर्ने बाध्यताले क्षुब्ध थियो । त्यो पीडा, त्यो बेदना अनि त्यो असहजतालाई उसले मन भित्रै गुम्स्याएर राख्नु पर्यो् । भित्र भित्र उ जसरी पिरोलिएको थियो, जति नतमस्तक थियो, उसको बाहिरी शान ठीक विपरित थियो । उ आफूलाई अझ पनि ठालु र महान नै ठान्थ्यो ।

केही बर्षको क्याम्प बसाइ उसलाई अस्पट लाग्यो । शरणार्थी शब्द नै उसका लागि घृणाको विषय थियो भने स्थानीय बासिन्दाले गरेको भेदभाव, हेला उसका निम्ति अपाच्य थियो । तीन बर्ष पछि उसले विस्तारै शिविर छाड्यो, बाहिरै बस्न थाल्यो । साहुलियत थाप्न भने उ लाज पचाएर आउथ्यो ।

टाठो बाठो अनि पैसा खेलाएको मान्छे । थोरै समयमै उसले स्थानीय स्तरमा पनि नाम कमायो, दाम कमायो अनि सान बढायो । शिविरमा हेलित जिन्दगी बाचेर पाच किलो चामलको लागि समय फालेको प्रति उसलाई ग्लानी भयो । शिरिव बसाइ उसका लागि प्रगतिको बाधक थियो, कैयौ सुनौला अवसरहरुबाट बञ्चित गराउने जालझेल थियो । उसले महशुस गर्यो – भुटानबाट नेपाल छिर्दा शिविर नपछ्याएको भए अरु धेरै प्रगति गर्न सकिन्थ्यो ।

बज्रमानले छेउमा राखेको पानीको बतल तान्यो । तिर्खा लागेछ, भोक लागेछ । ठाडो घाटी लाएर उसले आधा बतल पानी सिध्यायो । झोलामा स्याउका चाना बोकेको थियो । निकालेर कुटुकुटु खायो । वरिपरि हरियालि, सुन्दर फूलहरु । फूलमा पुतली र भवरा डुल्दैछन् । आँखा वरिपरि डुलायो – कैयौ जोडी प्रेम साट्ने खेल्मा व्यास्त छन् । पर थोरै राष्ट्रपति बस्ने क्यापिटोल देखिएको छ ।

आज शिविरमा बस्नु प्रगतिको बाधक थियो भन्ने उसको विचार बदलिएको छ । शिविरमा दर्ता नभएको भए यो स्वर्ग कसरी देख्न पाइन्थ्यो र ! राम्रो होस या खराब, पछि दिनहरु फर्किने संभावनालाई ननकारी कुनै नि स्थानमा आफ्नो उपस्थिति जनाइ राख्नु बुद्धिमानी हो । उसले भुटानमा रहदा पनि यही रणनीतिका कारण धेरै ठाउबाट फाइदा लिएको थियो । नेपाल पसेर यसलाई भुलेको भए अत्यान्तै ठूलो घाटा हुने उसलाई अहिले महसुस हुदैछ । हिजो आज शिविरमा दर्ता गरि पाउ भन्दै धर्ना बसेको खबरले उसलाई हास उठ्छ अनि आफ्नो त्यो चातुर्य संझेर आफै मख्ख छ बज्रमान ।

यता शिविर बाहिर बसेर पनि उसले स्थानीय स्तरका धेरै बुद्धिजिवी र लखपनिहरुको मन जितेको थियो । उ त्यही बसेर काम गर्दा मात्र उसलाई फाइदा भएको थिएन कि पुनर्वास सुरु हुने बेला निर्णय तहमा यिनै भद्र भलाद्मीको हात कतिपय अवस्थामा अघि रहेका कारण उसले निकै चाडो अमेरिका देख्न पायो ।

शिविरमा पाच किलो चामल थापेर बसेको भए न यि भद्रहरु सित उसको परिचय हुन्थ्यो न अमेरिका भन्ने धर्तीको स्वर्गबारे उसलाई ज्ञानै हुन्थ्यो । अमेरिका जाने भनेर उठेको पहिलो आवाजले निम्त्याएको त्यो झडप र त्यसको परिणाम सुनेर उ मनमनै हासेको थियो । यद्यपि उसले यस झडपबाट पनि फाइदै भएको महसुस गर्योा । सबैले एकै स्वरमा अमेरिका जानेमा सहमति दिएका भए उ जस्ता ज्यानदिलो दिने तर शिविर बाहिर बस्नेहरु कहा प्राथमिकतामा पर्थे र । नजानेहरुको समुह सुरुमा बढ्दै गएको मौका छोपेर नै उसले सहज रुपमा आफ्नो काम फत्ते गर्न सक्यो । आज धेरै उसको निर्णयलाई पछ्याउदै अमेरिका हानिदैछन् । तर आउन कि बसुन उसलाई के मतलब ! अमेरिकामा अब उसले आफ्नो र आफ्ना सन्तानको सुन्दर भविष्यका लागि समय खर्चिनु पर्ने छ ।

त्यो बाहेक उसले पूरा गर्नु पर्ने एउटा सपना छ । भुटानले यदि पुनर्वासमा गएकालाई भुटानी नै थिए भनेर स्वीकार गर्योर र १९९० मा भएको दमन गल्ति थियो भनी आम घोषणा गरे भुटानसित सम्बन्ध जोड्न पाइला चाल्ने पहिलो व्यक्ति हुने । आन्दोलनका बेला सरकारलाई लाएको त्यो गुण व्युताएर सरकारको प्यरो हुनु अनि भुटानी भएको प्रमाण पत्र लिने पहिलो व्याक्ति बन्ने अन्तिम घिडघिडो छ उसको । तर सपनाले साकार रुप लेला नलेला उसले कल्पना गर्न त सक्दैन तर जिन्दगीमा भएका अनपेक्षित परिणामलाई संझदा त्यसो पनि नहोला भन्ने र भन्ने आश उसले मारेको छैन ।

त्यस्तै अमेरिकामा एउटा संस्था खोल्नु छ – भुटानीको नाममा । त्यस अन्तर्गत अमेरिकामा मानवीय सहयोग अन्तर्गत ल्याइएका मानिसलाई बसाइ व्यावस्थानका लागि दिइने सहयोग प्याकेजबाट पैसा लिनु छ । यसले थोरै समाजको सेवा गारेको स्वाङ रचेर सन्तानको भविष्यको लागि कोष तयार गर्नुछ । प्रवासमा विस्तारै मिडिया फैलाउदैछ । उसलाई के विश्वास छ भने त्यसमा काम गर्ने केही हर्ताकर्तालाई मिठो बोली र कुनै पनि लोभ लालचमा पारेर आफ्नो प्यारो बनाउन सके संस्था खोलेर पैसा कमाउने अभियानमा निकै सहजता आउने थियो । उसले यसमा लागि पर्ने अठोट गर्योर ।

अचानक नाकमा चिसो भयो । कल्पनाबाट झसंग ब्युझिदा पश्चिममा घाम देखिएनन बरु कालो बादल मडारि रहेको थियो । पानी छिट्याउन थालेको थियो । उ हतार हतार उठ्यो र कार पार्क होनियो । टोयोटा क्याम्री हाकेर उ क्षितिजमा कतै बिलायो ।

One Reply to “बज्रमान मख्ख छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *