बस्ती चकमन्न छ !!!

कवि
कवि

केशव काफ्ले
पेनसिलभेनिया, अमेरिका

अच्चम्म लाग्छ बस्ती चकमन्न छ
साँझ बिहान मध्यान कुनै समय
यो मानव बस्ती चकमन्न छ ।
मानिस नभएर हैन
यहाँ हजारौको सङ्ख्यामा छन् मानिस
तर बस्ती चकमन्न छ ।
हो म साँझ बिहान हिड्ने गर्छु
यही मानव बस्तीको बाटो
तर चकमन्न !!
मन मनै भने , यहाँ त सभ्य मानिस पो बस्दारहेछन्
हिड्दै धरै पर पुगेँ
शून्य बस्तीको सिमाना कटिसकेको थिएँ
अढाई कोरी नागिसकेको एक मानिसलाई देखेँ
पाइला अलि छिटो चालेँ ,भेटेँ
मनको जिग्ज्ञाँसा राखेँ
हजुर !! यो पल्लो बस्तीमा मानिस बस्दैन्न् ?
अज्नवी हतारीदै ” बस्छन् तर सबै व्याश्त छन् ।
उफुफुफु…!! उत्तर दिने फुर्सुदनै छैन पछि भेटौं ” …
मेरो जिग्ज्ञाँसा छँदैछ मनमा
पछि भेट्ने आशामा ….
पुलुक्क फर्की बस्तीलाई हेरेँ
बस्ती चकमन्न छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *