बाछिटाहरू

नारदप्रसाद आचार्य ‘सुदामा’
 पेन्सिलभेनिया अमेरिका
शोकमा
मातृत्व सुधा
भोकमा
कलम
चेतना बुटी
मलम
हावामा
उडन्ते लड्छ
कुवामा
पहाड
गुराँस हाँस्दा
बहाड
उठेका
सीमाका किल्ला
जुटेका
पिरले
हृदय घोच्यो
तीरले
डोलामा
अन्तिम यात्रा
खोलामा
झाडीमा
फुलेको बैँस
खाडीमा
दोभान
मायाको जोडी
जोबन
१०
दुःखमा
वर्षाको झरी
आँखामा
११
मैदान
तराई पुष्प
उद्यान
१२
सुमन
प्रेमको मिठो
चुम्बन

Leave a Reply

Your email address will not be published. Required fields are marked *