बिछोड

कवयित्री

योगिता खनाल
पिट्सवर्ग, पी. ए (अमेरिका)

जाँदैछु म त सात समुद्र पारी,
भूटानीको माया सदैब आफ़्नो साथमा राखी
नमार्नु है माया साथी बिछोड हुन्छ है,
फ़ोन गर्दा उठाउनु झर्को नमान्नु है
क्षितिज पारीको देशमा अल्पिदैछु,
धेरै दुःख कष्टहरुलाई पार गर्दै बस्नेछु
म त डाँडापारीको घाम अस्ताए झैँ विलाउँदैछु यो संसारमा,
भूटानीहरु घाम झुल्के झैँ प्रकाश दिनू पिछाडिएको समाजमा
नरुनु है कोही पनि विछोडको वेलामा,
भूटानीको माया गाँठो पारेकिछु मुटुको कुनामा
प्रत्येक पाइलामा साथ र आशीर्वादले अघी बढनेछु,
हाँसो र रोदोनको जिन्दगीमा सङ्घर्ष गर्ने छु
विछोड्को दिन नजिकिँदै छ मन खिन्न नबनाइदिनू,
आँखाबाट समुद्र बनिने अनमोल मोतीका दानाहरु नखसाइदिनू
स्वदेश फिर्ने इच्छा र देशको माया मनमा थियो,
समय र परिस्थिले बाध्यता वस तेस्रो मुलुक पुर्यायो
मार्नेछुइन भुटानीको माया ,
योगदान पुर्याउनेछु रहुन्जेल यो संसारमा मेरो छायाँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *