बिव्हल मन

कवि
कवि

डम्बर घिमिरे
एडिलेड, अष्ट्रेलिया

समझनाका पुरानो कटोको खल्ति आजकाल
टकटक्याउदा बाल्यकाल, किशोर अनि जवानीको सिलन्यास,
त्यसमाथिको दैडधूप
आभाब र जीवन शैलीको निराशा़युक्त पल अनि
धृढताको आत्मकथा वर्तमानको पर्दामा
छर्लङ्ग उत्रिन्छन् ।
वर्तमानको असक्ततासंग सम्झौताका तपसिलकेन्द्रित दस्तावेज़ बनेपछि मौनताको जालो
मोरेरै कृतिमता अंगाल्नु मात्र विकल्प रहदोछ,
जर्जरताको भीषण आगन्तुकदेखि
मलमसंमको झिनो विशवासको तन्द्रा
मनमनै गाँसिन्छन
कतै कतै जीर्ण बृक्ष्यको दृष्टान्तहरू मनको प्रिष्टभूमीमा छताछुल्ल पोखिन्छन
मनले मनसंगै शंखनाद गर्छ
तितो अनुभूति लामबद्ध रूपमा बिचारको अनुसरण गर्छन् ।
शून्यताको बादलले मनको आकार बद्लिन्छ
कल्पनाको गहिराइमा कता कता बाँद लाग्छ
अपबादको तुसारो रूमल्लिएर
एकान्तको आकाश गर्जन्छ
विगतले छाद हाल्छ, पाइला पाइला अन्तरगमनको चिनारी लेपन लाउछ
बाल्यकालका धमिला तस्बिरहरू लस्करलागेर
अनौठो प्रत्याभूति दिलाउछ
जीर्ण वसन्त आएपछि साहस र तठस्ततामाथि
अनौपचारिक तिकतताले पाउला हाल्छ
आत्मियताले बिवधास्पद बहिस्कारको नारा लगाउछ
निर्बलताले अंकमाल गरेपछि
बिचारको जुलुस निस्कन्छन मानौ आत्मघाती
बारूद बिस्फट भएझै
मनको ज्वरभाटा अक्षिणरूपमा तरंगन्छन ।
अनेकौ तंगहरू मनको किनारासंग साइनो गाँसेर आशाको दियो जलाउछन
पाउ-पक्षले निस्कृयताको घोषणा गरेपछि
घात र प्रतिघातको विशाल पर्खालभत्र
कारावास काट्नुको पर्याय हुँदोछ
जीर्णताको उपहार सायद
दोषको लेपन परिणाम रहदोहो
हेक्का छैन,
जवानी ताका वरिपरिका साथ रहे
बिचारको गहन मुनाफा भएर होला
आजकल एक्लोपना नै संगी र उसकै साथ!
रहेथ्यो हात पाउ बन्धकी
कहीँ सहाराको खातिर
जीवनरूपी रणमैदानमा
किचलोको पात्र बनेको छ यथार्थ बोदक
परिचित मूर्तिहरूबीच,
मिल्किन लायक प्वाल परेको पात्र न हो
जसले जे हालेर टाले हुन्छ जसलाई
जे उपनाम दिएर हास्योपरस्त गौण चरित्र
बनाए पनि भो अब
निरियताले गुनासो गर्ने छैन
तै पनि मेरा वागका गुलाबहरू
तिमीहरूका काँडाले दर्द नेउ
मेरो गोँधुलीतुल्य समय छियाछिया हुनेछ ।
जल्दो मनले उपरान्त सहाभूतिको
झोली फिजाएर आफ्नै विडम्बनाको समाधि बनाउन्न
यसै काँतरताको झन्झटिलो विश्लेषण भएर होला सायद
सिथिल अस्थिपन्जरले बोज मान्न अतिरिक्त मनको दोसाँद
भित्रको कौतुहल्ता बुझ्न सक्या छैन
लाग्छ त्यसै दीपक निब्ने हो,
पुरानो र नयाँ याम र ऋतु उस्तै छन्
काल्पनिक धरातलको अनुमोदन गर्न सकिएन होला
वैकल्पिक बिस्राम एक लासको फूल झैँ
बिभाजित भएछ हेक्कै रहेन ।
बिव्हलता र विवश्ता बिचको द्वन्द्वले
एकले अर्को माथि दोष थोपरेर
आफू जित्ने प्रयासमा बिव्हलताले
द्वेष बोकेर आजकल किनारा लाग्यो
मनसंग मित्रताको लबेदा समातेर
आँसुले धाउ धुदै बिलाप गर्दोछ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *