भन्नुहोस् महाशय, मेरो देश कस्तो छ?
केसी सान्दाइ
एडिलेड, अष्ट्रेलिया
भन्नुहोस!
महाशय!!
मेरो देश
कस्तो
छ?
पूर्व धनसिरीदेखि पश्चिम जलढक्कासम्म
मन्त्रमुग्ध भई लहर लागेका पिलरहरू
युध्द हारेर थाकेका सिपाही जस्तै
बाँमे सर्दै-सर्दै नेपाल पसेकाबेला!
महाशय! तपाईँ आफ्नै देशको
मानचित्र कोर्दै हुनुहन्थ्यो
फेरि देश बाँड्दै हुनुहन्थ्यो ।
अनि तिनै खण्डित देशमा आमा,चेलीबटी,बन्धु र
प्रिय मित्र जम्मा गरी
बली चडाउनलाई
फाँसीको बेदीमा
तयार हुनुहुन्थ्यो
अब भन्नुहोस्
महाशय जी!
मेरो देश
कस्तो
छ?
अनेकौँ सांस्कृतिक सम्पदाहरू रोएको बेला,
आमाको कारुणिक आवाज आएको थियो!
नातेदारहरूको लास लडेको बेला,
आफ्नै हातले आँमाको लासलाई
स्यौलाको कात्रो ओडाई
त्यहाँ आफ्नै जन्मोत्सव
मनाउँदै हुनुहुन्थ्यो
आज भन्नुहोस्!
महाशय!!
मेरो देश
कस्तो
छ?
“विनास काले विपरीत बुद्धि” भने जस्तै
जातियताको खाल्टो खन्दै गरेको बेला
धनसिरी र जलढक्कामा अथाह जल
सागर झैँ रगत बहिरहेको बेला
स्वाधीनताको मखुण्डो पनि
ओडाउँदै हुनुहुन्थ्यो
भन्नोस् महाशय!
मेरो देश
कस्तो
छ?
२१ सौँ
सताब्दीको
अन्त्यमा पनि
चेतनाको बृद्धि नहुनु?
कुनै पनि मानवले आफ्नो
मानवीय संस्कृति बचाउन
मारुनी, सङ्गिनी, बालुन, रोदी र
दसैँ, तिहार, उँधौली, उँभौली,आदि
पर्वहरू बचाउन सञ्जीवनी प्याउँदैगर्दा
तपाईँ संास्कृतिक संरचना तोड्दै हुनुहुन्थ्यो
भन्नुहोस् महाशय! आज मेरो देश कस्तो छ ?