भर्गो ज्योति आई

इन्द्र प्रकाश खवास
अमेरिका

शरीर, बुद्धि, मन के हो चिन्ह गाह्रो पर्छ
बुद्धि, शरीर, मनसँग भुल्ले आत्मा भेट्न साह्रो पर्छ
शरीर रुपी मोटर हाम्रो,छ है मन डाइबर,
यो मनको भर छैन,राखौँ आत्मा डाइबर।

आत्मा ज्योति कहाँ छ भनी खोज्ने काम गरौँ
यो संसारको शून्यतालाई सधैँ रोज्ने गरौँ,
सूक्ष्म लोक,ब्रह्मलोक,विष्णु, शङ्कर पुरी
दिन रात अशान्तिको चली रहन्छ हुरी।

ब्रह्मा,विष्णु, शङ्कर लोक परलोक,पर
आत्मा जहाँ बास गर्छ त्यही हो हाम्रो घर,
काम,क्रोध,मोह,लोभ,अंकार हाम्रो साह्रो
तिनै लोकलाई छाडी दिऊँ है नत्र पर्छ गाह्रो।

मन रुन्छ,धुरु–धुरु अंहकार हाम्रो फुल्दा
दुर्दशामा पर्छौ हेर आफ्नो घर भुल्दा,
उँभो छ है जरा हाम्रो पात उँधो झर्ने
संस्कार हाम्रो उल्टो भयो सबै संसार भर्ने।

नभुलौँ है दाज्यू, भाइ जरा उँभो खोजौँ
तिनै लोक सधैँ भुली परलोक रोजौँ,
रोग शोक सबै छाडी नाम जपौँ भाइ
दुःख अशान्ति पर भाग्छ भर्गो ज्योति आई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *