भूते राँको
श्याम प्रसाद खनाल
पेन्सीलभेनिया अमेरिका
उहीले क्वै बेला भरखर फुचो जीवन महाँ।
घरैदेखी पारी जव कुहु तिथी राति वनमा॥१॥
कुनै काल्मा राँको झलमल वली वन्भर हुने।
सुनौलो स्वर्गै झैँ रमण गरुँ की हर्ष मिलने॥२॥
तथा छिन्मै फ़ेरी वर-पर कुदी झ्याप्प निभने।
मनै झस्का पारी डर अति कडा कम्प छुटने॥३॥
भुते राँको भन्थे सव डर सरी साउति गरी।
निशाचारी राजा छर छ कवि सेना घरि-घरी॥४॥
अचम्मै लाग्ने पो प्रकृति विकला खेल नगरी।
यही डर्ले भागी कति-कति छुटे मानव मरी॥५॥
सुनेँ आजै मेरी जनम घर भू नीर्भय भयो।
वने राँका दीपै रमि रमित हेर्छौँ डर गयो॥६॥
पहीले झैँ डर्नू न परि छ अहीले घर-घरै ।
खवर्लेख्ने वोली जनम सँगकी मिल्छिन वरै॥७॥
विहे, पर्वै, वाटो, शहर धरि टोपी र दउरा।
यसै भन्दै गम्की गफ़ गरि छिमेकी छन कुरा॥८॥
उज्यालो भो रती समय नपुगी कृष्णकि प्रिया।
सजीयो शान्तीले वन र रमि वैशाखि काउवा॥९॥
समाचार्यी सुन्दा अझ मकन शङ्का हुन गयो।
भुतैका राँका झैँ क्षण भर उज्यालो भइदियो॥१०॥
पहीले झैँ फेरी भुतकि, छलका, वत्ति वलका।
विकाशीँदै छन्वा कुजिव नर कङ्काल खलका ॥११॥
वनाई कालै पो रजनि तिर गै गाँजि जनमा।
चुसी लेला प्राणै स त र क रही सोच मनमा॥१२॥
शिशू काल्का साथी! विर सुजन! आजै पनि हुने।
घडेरी जन्मेकै नछुटि रहि पस्रे र ढुकन॥१३॥
भुते राँको शिर्को कवि कथन खोजेर पढनू।
छ खोरीया साथी कलम सँग भावी नभुलनू॥
छ खोरीया साथी कलम सँग भावी नभुलनू॥१४॥