म को हुँ…?

कवि
कवि

नविन खड्का
अमेरिका

नेपालमा जन्में
र नेपाल मै हुर्के,
अनि नेपालमै नेपालीहरुबाट तिरस्कृत भए!
“नेपाली भाषी भूटानी हुँ”
भन्न सरमाँए,
अनि नेपाली हुँ.. भनी ढाँट्दै हिंडें ।

भूटान गएँ,
आफ्नो पहिचान खोजें,
तर…..
त्यहाँ पनि आफ्नो भन्ने केहि पाइंन।
आफ्नो अस्तित्व खोज्दै अमेरिका आएँ
आज अमेरिकी नागरिक भएँ ।
तर
“म” अझै पनि आफैंमा आफ्नो पहिचान खोज्दैछु
हराएको मेरो देशको माटो खोज्दै छु,
अब तपाईहरु आफैं भनिदिनुहोस्
म को हुँ …????

Leave a Reply

Your email address will not be published. Required fields are marked *