म त एक मान्छे हजारमा
नबिन नेपाल
कोलोराडो, अमेरिका
म त एक मान्छे हजारमा
लाखौमा त कति छन् म जस्ता यहाँ
रित्त्याएर िहडेका बस्ती नै त्यहाँबाट
अनि फेरि रित्तियौ त्यहाँबाट पनि
म त एक मान्छे हजारमा
लाखौँमा त कति छन् म जस्ता यहाँ
म त एक…………….
लालाबाला घिसार्दै िहँडेका बा-माहरू
झरी परेन त्यो दिन
जङ्गल काँडा घारी भएन त्यो बाटो पनि
खानु न पिउनु कति दिन त्यहाँ
पात खस्दा तर्संदै बाटोमा
पटुकी कसी बेस्करी पेटमा
पिठ्यौँको ढोकालेपछि तान्दा उकालीमा
गम्चाको फेरले पसिना पुछ्थे बुढा बा
म त एक मान्छे हजारमा
लाखौँमा त कति छन् म जस्ता यहाँ
म त एक……………..
टेकिएको ढङ्गो उक्किएर लड्दा
आइया! भन्दा सुन्छ कसैले भनी
चुक्चुक गर्दै डाँडा काटेको म मान्छे
मेरो केही नभनी पशु-गलाको दाम्लो
काटी हिँडेको म एक मान्छे
म त एक मान्छे हजारमा
लाखौँमा त कति छन् म जस्ता यहाँ
म त एक…………
कथा लामो दु:खको बोकेको म एक मान्छे
भनी सक्दिन आज म सबै यहाँ
निद छैन मलाई न त भोक नै
सन्तान गुमाएको कुरा त सम्झने मन छैन मेरो
म त एक मान्छे हजारमा
लाखौँमा त कति छन् म जस्ता यहाँ
म त एक………….
छिमेकीका छोरा-छोरी ठुला भएको देख्दा
आफ्नू नाति सम्झेर रुने म मान्छे
आत्तिएर भौंतारिदिन म
हरेक गौडा गौडी पार गरी आएको म
म त एक मान्छे हजारमा
लाखौँमा त कति छन् म जस्ता यहाँ
म त एक…………….