म फर्कन्छु
अनन्त आचार्य
अष्ट्रेलिया
‘राम, यो के गर्दैछौ तिमी?’
‘काका, म के भनौं, कुन जन्मको पाप भोग्नुपरेछ हामीले?’
‘आफ्नो मनलाई बाँध्न सक्नुपर्छ नानी ।’
‘‘तर काका हाम्रा पुर्खाहरुले विकासको निम्ति रगत,पसिना र जीवनदान दिए । गाउँका निमुखा मान्छेहरुलाई बिनाकारण जेलमा लगेर निर्ममतापूर्वक कुटिरहेको कुरा सुन्छु । हिजोमात्र साइँलीलाई बलात्कार गरेछन् । प्रमाणपत्र जलाएर नष्ट गरेछन् । लगाएको बालीसम्म पनि उठाउन पाइएन । यो कस्तो विडम्बना ? हाम्रा पर्खाहरु बाटो खन्दा मरे, तर उनीहरुको मूल्य रहेन।”
काका गम्भीर मुद्रामा-“राम, रामायणको कथामा श्री रामचन्द्र १४ वर्षको वनबास जानु परेको थियो । हामी त मान्छे हौ फेरि राजा बिष्णुको अवतार भन्छन् ।”
“काका,यो निकै पुरानो कुरा हो।”
साँझ भयो, चराहरु पनि आफ्नो गुँड खोज्न थाले ।
‘‘गराप-गराप, ठक-ठक’……”,
‘‘काली, के करायो ?”
सु….नें…..‘‘अब के हुन्छ? बरु म जान्छु…..म….बस्दिनँ ..”काका –काका ।”
“राम बोले जस्तो छ, अरे यति राति…? के भन्न आइस..?”
“म हिँडे काका,मलाई भोलि गिरफ्तार गर्दै छ…बस दुई वर्षसम्म जेल बसें,मुक्त पनि भएँ तर, मलाई फेरि आन्दोलनकारीहरुलाई सहयोग गरेको अभियोगमा पक्रन खोजिरहेको छ । म जान्छु काका,तर म चाँडै फर्कन्छु,बस..इनीहरुको एउटै चिहान हुने छ; अहिले म गएँ ।”
भाइ अनन्तको लघु कथाले निष्काशित सम्पूर्ण भूटानीहरुको विदीर्ण दिनहरु समेटेको छ | मन पारयो |