म यात्री

कवि
कवि

नबिन नेपाल
कोलोराडो, अमेरिका

यात्री हुँ म
यात्रामा छु
गन्तव्य कहाँ हो नसोध मलाई
सक्छौ यदि यात्रामा निस्क मसँग।
पछ्याउदै ती डोबलाई
डोर्याई पुर्याउँछन् जहाँ मलाई
भबितब्यको फिक्री नगरी
अघि बड्दैछु मुटु भरि आँट भरी
आकाश गर्जदैछ
पवनले चुम्बन पनि
सुनखरीले मग्मगाउँदै स्वागत गरेझैं
सुसाइरहेछ लाग्छ मलाई अनि।
खुसी छु म या दु:खी
आखिर यात्रा त गर्नै छ
यात्रा त गर्नै छ
गर्नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *