म, हजुरबुबा र भानुको रामायण
“क्षितिजकोमित्र” प्रकाश धमला
अस्ट्रेलिया
धेरै वर्ष अघिको कुरा हो
सायद म सानो छँदै हुनुपर्छ, जतिखेर म
बुबालाईभन्दा पनि हजुरबुबालाई ज्यादा माया गर्थें
बुबामाभन्दा पनि हजुरबुबामा ज्यादा रमाउथें
बुबालाई “बाबा” भनेर हजुरबुबालाई “बुबा” भन्थें
मलाई अलि अलि धमिलो याद छ
म निदाउन अघि हजुरबुबा
प्रह्लादको कथा सुनाउनु हुन्थ्यो
सत्यहरिश्चन्द्रको कथा सुनाउनु हुन्थ्यो
अनि रामसीताको कथा सुनाउनु हुन्थ्यो।
एकदिन हजुरबुबाले तल्लाघरे ठुले काकालाई
केही दाना लाव्सी ; म लाव्सी सारै मन पराउथें
केही दाना नस्पति ; म नस्पति पनि मन पराउथें
केही दाना कागती ; म कागती लाई जिरिं भन्थें
एक टुक्रा कागज – पहाडे कागजमा
धवासोको मसिले लेखेका केही शब्द
बुनेको लाते झोलामा हालेर मलाई लिन पठाउनु भएछ।
ठुले काका घाम झुल्किनु अघि नै हाम्रोमा आउनुभो
कागजमा के लेखेको थियो कुन्नि
म, बाबा, आमा र भाइ काकासंगै लाग्यौं
भोटांगको चिरांग बुडिछुतिर ,
ठुले काकाले मलाई बुइया गर्नु भो
बाबाले भाइलाई बुइया गर्नु भो
चाँचे खोला तरेर , राते खोला तरेर
हामी देउराली डाँडासम्म पुग्यौँ
मलाई देउराली डाँडा पुगेर डम्फु बजार हेर्न साह्रै मन पर्थ्यो
मलाई देउराली डाँडा पुगेर टाडा टाडा टल्केका
घरहरु हेर्न साह्रै मन पर्थ्यो
तर किन हो किन लामो समय झर्लंगी तिरेर
रित्तो पेट महिनौँ बस्दा पनि
मेरो हजुरबुबाले हाम्रो घरमा टिन लाउन सक्नु भएनछ ।
घर पुग्यौं
हजुरबुबा ढल्केर बसिरनु भा’थ्यो
म “बुबा” भन्दै काखमा लुट्पुटिन गएँ
मैंले बोकेको मिश्री हजुरबुबालाई दिएँ
हजुरबुबा मिश्री साह्रै मन पराउनु हुन्थ्यो
मैंले बोकेको गोलोगोलो मिठाई पनि दिएँ,
कारण-
गोलोगोलो मिठाई मलाई नै दिनु हुन्थ्यो हजुरबुबाले
म खेल्न गएँ दाइहरुसित
बाबा र आमा बुबासंग गफ गरिरनु भा’थ्यो ।
साँझ प-यो, म हजुरबुबासंगै सुतें
मलाई रातो गाता लगा’को किताब दिनु भो र भन्नुभो
“नाती! यो मेरो माया…. सम्झनाको चिनो सम्हालेर राखेस्
यसमा मीठा श्लोकहरु छन्
म तीन छक्क परें “यो के हो बुबा” मेरो प्रश्न
बुबाले भन्नु भो- “यो भानुभक्तको रामायण हो
भगवान रामको कथा छ, मुक्ति मिल्छ पढ्नु है ”
नबुझीकन मैंले टाउको मात्र हल्लाएँ ।
बिहान भयो म उठेँ, म संगै हजुरबुबा को किताब पनि उठ्यो
तर हजुरबुबा उठ्नु भएन
अस्पताल लगेको भन्दै मेरा आँखाबाट ओझेल परियो
साथमा बाबा, आमा, हजुरमा, काकाकाकी सबैलाई लगे
तर सबै फर्कनु भो हजुरबुबा फर्कनु भएन
र अहिले सम्म पनि फर्कनु भा’ छैन ।
समय बदलियो
मैंले आमाको पछ्यौरी समातेर देउराली हुँदै सात डाँडा काटें
आमाले भाइलाई बोक्नु भो मैंले हजुरबुबाको किताब बोकें
जहाँ म आफ्नै पुर्खौली देशमा शरणार्थी भए
मसंगै हजुरबुबाको किताब पनि शरणार्थी भएछ क्यार
पोहोर भानुभक्तको सालिक पनि ढलेछ “देश”मा
हतार हतार हजुरबुबाको किताब खोजेँ बाकसको चेपमा
माउले काटेर ढुटो पारेछ
लग्यो सालिक ढलेपछि रामायणको अस्तित्व पनि रहेनछ “देश”मा।
Kshitizko Mitra Prakashji, lakhan saile dherai saral ra rochakilo cha. Aja thhat nepali sabdaharu ko chayenle sunma suganda bhareko cha. Lekh pardai jada malai pani mero hajurbaba,ma ra ramayanko slok ‘ Ak din naradji satyelok pugi gaya loko garau heet bhani, Bramha tahi theya pare charanma khusi garaye pani’ ko yad ayo. Keep writing.
all the best.
with regards
Pardeshitara, USA
yo tharai nai ramaro kura ho ke tapai jasto young kta la pane ramayan ko kura yasari ghayan ko kura janu sayad tapai tharai thorai mancha madha parnu6 .
malai yo janara achama lagyo ke tapai austrily huda pane yasto kura net ma rakhanu bhaya6
नमस्कार दाई, अति मिठो र अबिस्मर्निया