मन लाग्छ

याम लाम्गादे
न्यूयोर्क 

मलाई त जन्त हिँडेका जन्तीसॅंग रमाउन मन लाग्छ
दोहोरी र रोदी घरका जमातसॅंगै गाउन मन लाग्छ ।

झ्याउरे र मारुनी नाच देख्दा खुबै नाच्न मन लाग्छ
हाँसो-खुसी यिनै उपहार, जुनीभर साँच्न मन लाग्छ ।

चौतारीमा थकाइ मार्ने थकानहरूका पीडा सुन्न मन लाग्छ
जति फाट्यो  जिन्दगी यो, त्यति त्यति तुन्न मन लाग्छ ।

अत्याचार र शोषण गर्नेको दिन अन्त भएको देख्न मन लाग्छ
प्रेम र मिलनमा जिउनेहरूको कथा अझ लेख्न मन लाग्छ।

जहाँ सभ्य समाज छ त्यहीँ आफूलाई लग्न मन लाग्छ
खोलाझैँ बगिरहने जिन्दगी यो बिस्तारै बग्न मन लाग्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *