मातृभूमिको सम्झनामा
के सी ‘सान्दाइ’
एडिलेड साउथ अष्ट्रेलिया
फुल्थे चाँप गुराँस रम्य वनमा छर्दै छटा सुन्दर
गाऊँथे वन कोइली सुरसिला भाका घुमाई पर
नाच्थे फुर्फुर ती मयूर खुसिले डाँफे चरी साथमा
काहाँ देख्न म पाउ सुन्दर छटा यो देश पर्देशमा
टिष्टा मानस मोछु पोछु बहँदै कोसी तिरै झर्दथे
धारा ताल कुवा ति स्वच्छ छहरा आई सँगैलर्दथे
पाहाडी र तराइ फाँटहरूको गाडाथियो सम्झना
काहाँदेखु कठै! त्यो सुन्दर छटा यो देश पर्देशमा
वास्नादार थिएँ सबै वरिपरी त्यो फूलबारीत्यहाँ
धेरै जात प्रजातिका वरिपरी फुल्थे बगैँचा महाँ
डाँडा फाँट चऊर मग्मगहुँदै वास्ना चलेथ्यो वहाँ
काहाँदेखु सुशान्त त्यो नयनले यो देश पर्देशमा
गाऊँदै लयबद्ध दौँतरिहरू खेल्थे जुवारी कति
मेलापात र गाँउ गोठ घरमा जाग्राम बस्ता अति
भाकामै मनका बुझेर सवले साट्थे जवानी जहाँ
काहाँदेखु म खै विलक्षण छटा यो देश पर्देशमा
गाह्रोहुन्छ मलाइ भुल्नअहिले त्यो जन्मभूमीकति
त्योसारा धन दौलतीहरुसबै सम्झन्छ मनलेअति
भुल्ने औषधि केछ हे सुजनहो भन्द्यौन ऐले यहाँ
काहाँदेखु अझै हुदैछ अहिले यो देश पर्देशमा॥
छन्द:- शार्दूलविक्रिडीत