मानिसको जीवन

कवियित्री
कवियित्री

गोमा आचार्य  
सिड्नी, अष्ट्रेलिया

यस धर्तीमा जन्म लिई आफ्नो कर्म खोज्छ मानिस
यस धर्तीमा कर्म गरी उसको फल भोग्छ मानिस |
जिन्दगी एक खोला हो हरपल बगिरहन्छ,
कर्म अनुसार सुखदु:ख मानिस भोगिरहन्छ |

दु:खी-गरीब जिन्दगीलाई अभाग्य भनी ठान्दछन्,
धर्म गरी सुखका आशाहरु बटुल्दै बाँच्दछन् ।
यता धनीमानी जिन्दगीलाई मोज्-मस्ती ठान्दछन्,
निमुखाको रगत चुसी अधर्ममा भाँच्न खोज्दछन् ।

सानो छँदा सपना बोक्यो
ठूलो मान्छे बन्छु भनी,
लेख्न-पढ्न स्कुल गयो
सपना पूरा गर्छु भनी।

साथी-संगी बनाछँन् थरिथरिका,
सबैलाई सम्मान गरी हुन्छन् एक।
कोही भन्छन् चन्द्र छुन्छु,
कोही भन्छन् लुटी खान्छु,
भन्छन् आफ्नो भविष्यको फैसला म आफैं गर्छु |
कोही लाग्छन् बाटो असफलताको
कोही सफलताको,
भन्न सकिन्न केही कसैलाई
आखिरमा कर्मको फल हो उसको ।

अधर्मको बाटो लिन्छन् सन्तान जसका,
छाती पिटी-पिटी रुन्छन् बाबा- आमा उसका
भन्छन् ती मर्ने बेलामा पायौ अत्ति दु;ख,
हामी भन्थ्यौं सन्तानले दिन्छ अब सुख |

उद्योगी र धर्मी सन्तान हुन्छन् जसका
बाबा- आमा आनन्दले गदगद हुन्छन् उसका
हाँस्दै भन्छन् सन्तानले पाए सफलता।
उस्तो हुन्छ जिन्दगी , जस्तो मनिस बन्छ
सुख पाउँछ उसले जो राम्रो बाटो लग्छ ।

बगिरहनेछ यो खोला जबसम्म संसार रहने छ,
पौडिरहनेछ मानिस यो खोलामा जबसम्म धर्ती रहनेछ|
यही त हो मनिसको जीवन जसलाई उसले भोग्नै पर्ने
यही त हो संसारको रीति जसमा ऊ रम्नै पर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *