मायाले तय गरेको मायाको यात्रा

Albury, Australia

लेखक
लेखक

दुर्गा रिमाल
अस्ट्रेलिया

माया भन्ने चिजै यति धेरै प्रिय छ कि यसले चाहेर पनि कहिल्यै हाम्रो साथ छोड्दैन जीवनभर । ‘माया’ एक प्रकारको उपहार हो हामीले अरूलाई बिना कुनै स्वर्थ प्रधान गर्ने । मायाले सारा संसारलाई नजिक बनाउँछ । यदि तपाईँ मायाको यात्रामा जोडिनु भयो भने जीवनमा कहिल्यै पछुताउनु पर्ने छैन ।

‘मायाको यात्रा’मा जोडिएकी माया भट्टराई नेपाली मूलकीएक कुशल भूटानी गजलकार हुन् । उनको जन्म बुबा स्वर्गीय टिकाराम भट्टराई र आमा मनधारा भट्टराईको कोखबाट भूटानको गेलेफुमा भएको थियो । राजनैतिक उथलपुथलको कारण सानै उमेरमा जन्मभूमि भूटानबाट बिछोडिएर नेपालको झापा अन्तर्गत बेल्डाँगी शिविरमा निर्वासित हुनु पर्‍यो मायाले आफ्नो परिवारसहित ।

मायालाई अझै स्मरण छ त्यो पीडादायक क्षण । उनी भन्छिन्, “सानै छँदा बुबा बित्नु भो अनि देशबाट पनि निकालिदियो सासकले। बिचरी एक्ली आमाले हर दुःखले हामी कसैलाई काखी च्यापी कसैलाई हातमा डोर्याउँदै नेपालको शरणार्थी शिबिऱ बेलडाँगी ३ मा आफन्तको सहयोगमा एउटा सानो झुप्रो बनाएर हामीलाई हुर्काउनु भयो । नानीहरू सबै स्कुल पठाएर फुर्सदको बेला आफूले चर्खामा धागो बाटेर, अरूकोमा ज्याला, मज्दुरी र मेला-पातमा काम गरी दुईचार पैसा कमाएर सन्तानलाई उच्च शिक्षासम्म दिन सफल हुनु भयो”। आमाको यी सबै योगदानको लागि उनको समर्पण हो रे यो गजल एल्बम-मायाको यात्रा ।

Mayako yatraपरिवारको साथ, माया, मोह र दिदीबहिनीको सहयोग र सद्भावको कारण उच्च शिक्षा हासिल साथै साहित्यप्रतिको मोह आफूमा रहेको बताउने गजलकार माया भट्टराई हाल अमेरिकाको केन्टुकी अन्तर्गत लुइभिल सहरमा बस्दै आएकी छिन् ।

विशेष गरेर आफ़ुजस्तै शारीरिक कम्जोऱी भएका मानिसहरूको लेख पढेर साथै स्कुलका शिक्षक शिक्षिकाहरूबाट प्रेरणा मिलेको हो र यसरी शारीरिक कम्जोरी भएर पनि साहित्य लेखिरहेकी छु र लेखिरहनेछु, माया दोहोर्याउँछिन् ।

यस अघि समुद्रपारीका कलमहरू (संयुक्त गजलसंग्रह) प्रकाशित गरिसकेकी गजलकार माया भट्टराईको कविता सङ्ग्रह ‘मातृभूमि’ प्रकाशोमुख कृति हो भने अब हामी माँझ चाडै नै आफ्नो पहिलो गजल एल्बम “मायाको यात्रा” लिएर आउँदैछिन् ।

यस एल्बममा चार गजलहरू समावेश छन् । सबै गजलहरू गजलकार माया भट्टराईले सिर्जना गरेकी हुन् । सङ्गीत भने नेपाली मूलका भूटानी लोकप्रिय संगीतकार अम्बर तुम्बापो सुब्बा, किशोर शिवाकोटी, अर्जुन रसाइली र किरण गज्मेरको छ । यसै गरी नेपालका ख्यातिप्राप्त गायक स्वरूपराज आचार्य, भूटानी गायकहरु किशोर शिवाकोटी, अर्जुन रसाइली र किरण गज्मेरको स्वर रहेको छ । रिदम स्क्रिन क्रिएशनले यस एल्वमलाइ बजारमा लिएर आउँन लागेको हो ।

यस एल्वमलाई यहाँसम्म ल्याउँन अतुलनीय भूमिका निर्वाह गर्नु हुने संगीतकार अम्बर तुम्बापो सुब्बा, गायक अर्जुन रसाइली, किशोर शिवाकोटी र किरण गज्मेरमा आफू ऋणि रहेको साथै पोस्टप्रोडक्सनको सारा जिम्मा लिनु हुने कमल राईप्रति सदैव आभारी रहेको मायाको भनाइ छ ।

गजलकार माया भट्टराईलाई एल्वम सफलताको हार्दिक शुभकामना !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *