मृगतृष्णा

इन्द्र प्रकाश खवास
अमेरिका

आँखा भित्र आँसु छैन, आँसु भोर्ने कुरा गरो
मृगतृष्णा चञ्चल मन, यौवनलाई पुरा गरो !

सुन्दर–सुन्दर सेतो हातमा, कालो बाईको कुरा गरो
यौवन ढल्छ दिनानुदिन ,चाहनालाई पुरा गरो !

सिरमा शिरबन्दी , झुम्का लाउने कुरा गरो
लुकिछिपी लाएको माया, कामनालाई पुरा गरो !

बारुले कमर मृगनयनी, बहानाको कुरा गरो
सबै हिँड्छन् जोडी–जोडी, रित्तो काखलाई पुरा गरो !

माया पुरी पछ्यौरीले फेरो मारी, दिल खोली कुरा गरो
रात दिन तिम्रो यादमा पर्खी बसे, पानी पिउने कुरा गरो !

मरी लाने केही छैन दुई दिन जिउने, जिन्दगीलाई पुरा गरो
मृगतृष्णा चञ्चल मन, चाहनालाई पुरा गरो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *