मृत्यु

कवि

शिवलाल दाहाल
खुदुनाबारी, झापा

विचारा ऊ
जीवन र मृत्युको  कठोर युद्ध लडिरहेछ
मृत्यु भने सम्वेदनाहीन भएर
जीवनमाथि निर्ममतापूर्वक प्रहार गरिरहेछ
आफन्तहरुको माया र स्नेहमाथि
प्रियजनको संवेदना र सहानुभूतिमाथि
डाक्टरहरु नाकबाट अक्सिजन घुसाइरहेछन्
जीवन दिनलाई
प्राण भर्नलाई
मृत्यु भने निर्दयपूर्वक
खोजिरहेछ जीवन लिनलाई
प्राण लिनलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *