मेरो प्यारो भूटान

तुम्बेहाङ लिम्बू-

विभिन्न जाति−भाषा−भाषी समेटी
कलप नहाली बस्ने
कस्तै वैरभाव होस् − झरनाको कलकल सुनी
आफ्नै कलखले रस्ने
स्वदेशी गौरवमा पनि सुक्षम तर दिव्यमान
मेरो मनको “कोहिनुर” तिमी…
मेरो प्यारो भुटान ।

हिमाली काखमा तिम्रो जन्म भयो
कति अनुपम छौ तिमी हरित घुम्टोभित्र !
लालीगुराँस मुस्काउँछ खुला सिउँदो सजाउन
कसलाई नलाग्ला प्राकृतिक यो क्रिडा विचित्र ?…
कैलासपुरको बिराज तर छैन रति अभिमान
मेरो विपुल महतारी तिमी…
मेरो प्यारो भुटान ।

ओजस्वी तिम्रो अहिंसाको दीप्ति
चम्किरहेछ सबैबाट दीक्षान्त दुर्लभ बनी
कञ्चन हिम मुकुट पहिरेको “कुलागाङ्ग्री” पनि
मुस्काइरहेछ तुङ्ग शिर उठाइ विश्वको छाना बनी
आफ्नै जल−वायु , तृण−तरू−लताले सुशोभित शान
मेरो जीवनको गौरव तिमी…
मेरो प्यारो भुटान ।

जन्मी तिम्रै वात्सल्य काखमा खेलेँ हुर्केँ
मकरन्द तिम्रै गरेँ पान
धन धान्यदाले शाश्वत समपिर्त तिमी
तिम्रै उपकारमा दिन्छु अब यो दिलोज्यान
जीवनफूलको मूलमा परेको गरिदेऊ सर्वस्व सङ्कट मोचन
मेरो एउटै सत्य तिमी…
मेरो प्यारो भुटान ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *