यी हातहरू

कवि
कवि

देवीभक्त भट्टराई
फिलाडेल्फिया, अमेरिका 

इतिहास लेख्ने यी हातहरू
बन्दुक बोक्न पनि पछि पर्दैनन्
अघि बढ्छन्, चौतर्फ फैलिन्छन्
बिदाइमा हलिन्छन् यी कलात्मक हातहरू
कहिले बिरत्व कमाउछन्
त कहिले अन्धकारमा फस्छन
हारे पनि चलिरहन्छन्
भाषा नबुझ्दा सङ्केत गर्छन्
कहिले आवाज भर्छन्
यी तेजस्वी हातहरू
लेख्छन्, मधुर धुन निकाल्छन्
श्रीगार भर्छन्
कलात्मक प्रस्तुति छ यिनीहरूको
संसारको संरचना गर्ने
वैज्ञानिक अविस्कारको ढोका खोल्ने
विकासका बाटोहरु खन्ने
प्रतिवादमा उठ्ने यी हातहरू
कति स्वच्छछन्
जाल, कपट,दुष्टताको
केही सोच छैन यिनीहरुमा
निश्चल छन् निर्मल छन्
यी कोमल हातहरू ।।

One Reply to “यी हातहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *