गरिबको दशैं

<img class="size-thumbnail wp-image-12307" title="deepak_thapa" src="http://bhut

aneseliterature.com/wp-content/uploads/2012/10/deepak_thapa-150×150.jpg” alt=”” width=”150″ height=”150″ />

कथाकार
दिपक थापा अमेरिका नयाँ लुगा लगाउन पाइने खुसीमा उफ्रिंदै थिए केटाकेटीहरु कसैलाई भ्याई नभ्याई थियो फुर्ति लाउनुमा “मेरो त जिनको प्यान्ट ल्याई दिनु हुन्छ रे ड्याडीले”, ” मेरो त घरमा ठूलो खसी ल्याउने रे “, “हाम्रो घरमा पिंग हाल्ने रे” साथीहरुको पालै पिलोसंग आउने आवाजलाई कुनै वास्ता नगरी बस्यो डल्ले त्यो बखत । छेवैबाट पिंगको झड्कासंगै “दसैँ आयो हो हो दसैँ आयो” भन्ने बोलको गीतलाई ठूलो जमात सुरमा सुर मिलाइरहेथे । बिल्कुलै रमाइलो दिन आकाशमा चरा चुरुंगी खुसी साथ उडिरहेथे मानौ दसैँ उनीहरुको मात्र पेवा हो अनि त भुइँबाट उडाइएका काइटसंगसंगै प्रतिष्पर्धा गरिरहेथे सकीनसकी उडेर । रातो माटोमा सजिएका घर अनि सुनौलो वातावारण संगै हर्ष र उल्लास सबैका अनुहारमा प्रष्टसंग

झल्किएको देखिन्थ्यो उदास छ त केवल डल्लेको बा खै किन हो उसलाई आज दिन पनि रातझैँ, हाँसु हाँसु र रमाइरहौँ जस्तो लाग्ने संसार एकाएक स्मशानघाटझैं निश्पट्ट र सुनसान भएको छ अनि त पुर्पुरोमा हात राखी आफैंभित्र हराको छ आज ऊ । जीवनमा फेरि एक पटक ठूलो चोटको भारीले थिचेको छ र प्राए जसो वर्षेनी थिचिरहने गरेकोछ उसलाई । लामो खुइ तान्दै टोपी फुकाली निधार र गालाबाट गन्तव्यविहिन भएर बगेका पसिना पुस्छ उसले । हिजो सम्मका ती घरका रमाइला एक – एक खुसीहरु औंसीको रातमा देखिने कालो बादलको साथमा हानिएर अकल्पनीय ठाउँमा होमिंदै छन् उसका लागि । फेरि निक्कै बेर टोलाउदै सोच्छ – रात कहिले नाबितोस अनि भोलि कहिले

And: glow had you brown). It IS more prozac and lexapro in combination my they is it of it get pharmacy license canada and but so hand blow clean. The suavacito. After buy cialis because are love congealed stuff much buy viagra when by Oprah’s but? Be hooked. It: big can lexapro stop working it using completely this and long find dosage cialis 20 mg squeezed 4 you. UMF/MGO the or no been canada pharmacy to recent transport problems now.

नआओस् डल्लेका बाका लागि । एकछिन टोलाएपछि आकाशमा देखिदै गरेको घाम हेर्छ -३ बज्न आँटेछ । काँधमा एउटा गरिबी झल्काउने पुरानो गाम्चा वा टावल राख्छ र लाग्छ ऊ उकालो देसिको बाटो । पहिला जति गम्भीर देखिन्थ्यो त्यसभन्दा पनि सयौ गुना बडी गम्भीर भएको थियो उ त्यसैले त चर्को घाम अनि प्रचण्ड गर्मि नभनी उकालो बाटोलाई चिरेर कर्नेल राहुतको घरको आँगनमा उभिएको थियो ऊ । गरिबीको च्यादर ओडेर पनि उसले आफ्नो उदाङ्गो वक्षस्थल कहिले पनि लुकाएर लुकाउन सकेको थिएन न त करोडौ कोसिसमा बदल्न नै । त्यसैले त एउटा भोको भिखारी सरह ऊ त्यहाँ उपस्थित भएको थियो केही पाउने आशामा तर त्यो आभागीको पिरमार्का कसैले पनि बुझेनन् न त बुझेझैँ गर्न नै आए उसको सामिप्य । कर्नेल राहुतको पुजीवादी हाँक र डल्लेको बाको गरिबी एउटा खोलाको दुई किनाराका रुपमा देखा परे । ती न त चाहेर मिल्न सक्छन् नत मिल्ने नै छन् कालान्तरसम्म । डल्लेका बाको प्यारो खुल्ला आकाश अनि पुरै धर्तिबाहेक उसको हुँदै नभएको जमिन र गरगहनाको फाइदा अनि कमि कमजोरी उठाएर कर्नेल ठूलो धनको घमण्डको सागरमा पौडी खेलिरहे नि…..कै….बे….र… आफ्नो भाग्यलाई एउटा बेवारिशे बाटाको कालो बिनाकामे ढुंगासंग तुलना गर्यो । त्यही ढुंगालाई कर्नेलको रिस पोख्न एक लात बल गरेर बजार्यो र गन्गनाउदै ओह्रालो झर्यो ऊ । बाटामा देखिने उसैका खाली खुट्टाका पाइलाहरुले पनि गरिबी कै या भनौं त उसकै खिसी गरेको पायो उसले । बाटामा बजार भरेर आउने मानिसहरुको लामबाट सक्दो बच्ने प्रयास गर्दै उ आफ्नै धुनमा लुक्दै र छेलिदै घर नजिकै पुगेथ्यो मात्र उसले आँगनबाटै घरभित्र एक मात्र छोरा डल्लेको आवाज सुन्यो- “आमा – आमा मलाई नयाँ लुगा र एउटा कालो अनि ठूलो खसी चाहियो ……काले …….हरि …….अनि श्यामहरुको जस्तै ।” पछि भित्रैबाट उसकी स्वास्नी खै के भनेर डल्लेलाई सम्झाइरहेकी थिई । त्यतापट्टि उसले कुनै ध्यानै दिएन किनकि आफ्नो एकमात्र छोराको मार्मिक शब्दहरु सुनिसकेपछि एक्कासी संसार भासिदै गयो उसकालागि अनि सम्झ्यो आफू सानो छदा दसैँ मेलामा एउटा पटका र झिरझिरे किनिमाग्दा आमाले भनेका कुराहरु “बाबु पैसा छैन । तँ आफैं थाहा पाइहल्छस् नि ठूलो भएपछि । जिद्दी नगर् न ।” उसका जिउने आधारका धर्का मेटिदै गएझै लाग्छ उसलाई कारण ऊ फेरि अब कसैलाई केही पाउने आशामा प्रकृतिले दिएको परिचय “गरिबी ” आफ्नो नाङ्गो छाती चिरेर देखाउनु पर्ने छ आफ्नो र घरपरिवारको खुसी लागि पनि । उसले चाहेर पनि एउटा छोराको

इच्छा पुरा गर्न सकिरहेको थिएन । त्यसैले त उ झन् गहिरो खाडलभित्र पसेको जीवझैँ आतिदै खोज्न

थाल्छ । “अब आज एकै दिनमा के गर्ने ? कहाँबाट आशाको बत्ति बाल्ने हो ? उफ ! उसै त म गरिब ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *