लाखौँ सलामी दिएर वर्तमानलाई
रमेश गौतम
नर्वे
म
समयलाई पलभर नियालेर
आस्थाहरू उमार्दिन
विश्वासका रेखा कोर्दिन
अस्वीकरोक्तिको खहरे अनियन्त्रित बोकेर
म
समयको द्रुततालाई
लाखौँ सलामी दिएर
अनुचर बन्न सक्तिनँ
आज्ञाकारी !
प्लेटो-अरस्तुहरुको योगदान
बुद्ध-क्राइष्टहरुको सपना
सुकरातहरुको समर्पण
आजको संसार
अनियन्त्रित गतिमा दगुरिरहेछ;
समयले जन्माएका आइन्स्टाइनहरु
त्रसित छन्/ निराश छन्
समयको यस बर्बरतासँग !
यस संसारमा
म-
निरीहताले पोतिएको मान्छे
लाखौँ सलामी दिएर
तसलीमाहरुलाई सम्झन सक्तिनँ
आङ्सानहरुलाई सम्झन सक्तिनँ
अनि
याङ् मोका पाइलाहरू
कल्पना गर्न सक्तिनँ;
समयको यस बर्बरतासँग
म मुकाबिला गरेर
आफैँभित्र साँघुरिएर
आलु दोर्जी फुन्छो-दोर्जीलाई पनि
सम्झन सक्तिनँ।
सपनामा रमाउँदै गरेको मसँग
एउटा लामो विज्ञप्ति बोकेर
आइन्स्टाइन आउँछ
अनि
विश्वमा शान्ति स्थापनार्थ
मेरो हस्ताक्षरको सहयोग माग्छ
न्युटनहरुको हस्ताक्षर देखाएर
आइन्स्टाइन
हिरोसिमाको दर्द सुनाउँछ
नागासाकीको पीडा सुनाउँछ
अनि मानव सभ्यताको
इतिहास ओकल्छ;
म आइन्स्टाइनलाई
निरीह नयनहरूले नियाल्छु ।
समयको यस्तै निरङ्कुशताभित्र
म
मार्टिन किंगहरुलाई सम्झिएर
गान्धी-मण्डेलाहरुलाई सम्झिएर
एकै छिन
मौन धारण गर्नसम्म सक्तिनँ;
समय द्रुत गतिमा दगुरिरहेछ
तर यही समयको
गतिहीनताले पिल्सिएर
आज यहुदी बस्ती रोइरहेछ
नाजी अतिवाद अट्टहास गरिरहेछ
हिट्लर आकृति
यही संसारमा नाचिरहेछ
निर्लज्ज
मानव सभ्यता विपरीत !
म
आफैँलाई
स्वनिर्मित कारागारमा कैद गरेर
अलिकति भिख याचना गरिरहेछु
मूल्यहरूको !
आस्थाहरूको !!
अस्तित्वहरूको !!!
म
समयको गतिहीनताले थिचिएर
लाखौँ सलामी दिएर वर्तमानलाई
मित्रवत अँगालो हाल्न सक्तिनँ !
२३/०२/२००२
हात्तीसार, धरान
Ramesh ji…!
what a great creation…..
It stromed my power of imagination…..
YOU are creative before…hope YOU will again come with
more creation then BEFORE…..keep it UP!!!
This is good of you !!!
So sweet of you !!
A good work from you !
Keep up the rate of giving the same sweet charms of writing is much awaited then it is anticipated as your awoeome inculcation in poetry.
Sometime I am personally proud of you for creating such creations and I hope you will give more in days to come.
Wow ! mind blowing creation !! Rameshji,just keep it up. Wanna see more from you.