लालु पाते ओठ

इन्द्र प्रकाश खवास
अमेरिका
आँखा भित्र नानी छेउमा आँसु
अल्झी रह्यो ,
तिम्रो मनको भावनाले यो मनको घाउ
बल्झी रह्यो ।
सप्तरङ्गी इन्द्रेनीको  रङ्ग लिई
फेरी आउन,
लालु पाते ओठमा मेरो
चुम्बन खाउन् ।
सम्झनाले पोल्छ मन मलमलाई  देऊ न,
आगो सल्कियो तनमा मेरो पानी
छम्की  देऊ न।
मनको राजा आई तिमी मनमा
बसी देऊ न ।
यात्रा मेरो कमजोर भयो  सहारा बनी
 देऊ न ।
भावनामा भावुक भए
भोक प्यास छैन ।
आँसु ढलपल परेलीमा
समाल्ने कोही छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *