“वासदेखि पुनर्वाससम्म” प्रति

गंगाराम रिजाल
टेनिसी, अमेरिका

वंशैमा उपमन्यु हुन् ऋषि पनि हो गोत्र नै यो अनि ।
लक्ष्मी नै सबले भनेर चिनिनै सौभाग्यले नाम पनि।।
शिक्षाका पथमा सुसंस्कृत निकै जो दर्शनै शास्रमा ।
भाषामा पनि पारखी बनिसबै देखी रहेछौँ यहाँ ।।

मिल्दा यो उपहार नै मनभरी राखीदिने ज्ञान भो !
पढ्दै सम्झि दियौँ न लौ म कसरी भन्ने यही ध्यान भो !
आफ्ना जीवनका अनेक घटना छन् राष्ट्का नै पनि।
पाएँ यो वन कुञ्ज झैँ लहरमा भू गोलका क्यै अनि

याहाँ आदि र अन्तका विषय छन् राष्ट्रीय सन्देशका
पढ्दै बुझ्नु छ है अगाडि तिरका आफ्नै त्यही देशका।।
राखे हिम्मत लौ तिनै शहिदमा सम्मान मेरो छ है।
पढ्दा यो इतिहासकै विषयमा छर्लङ्ग देखेँ ल है ।।

राख्नुभो घटना सजाई मनले सम्पूर्ण विस्तारमा ।
छन् याहाँ सु:ख दु:खका मनहरू जोडी दिनुभो जहाँ।।
यात्रा हो इतिहासको कति कहाँ विश्राम नै गर्नु भो ।
नौला दृश्य सँगै सबै पथमहाँ जो देखिने भर्नु भो।।

यस्ता सुन्दर लेखमा म कसरी राखौँ कहाँ जान्दछु ?
भन्दै यो इतिहासका विषयमा सर्वस्व नै ठान्दछु।।
आफ्नै शैशव कालमा र विचमा जे जे भएका जति ।
बन्दामा पछि यो निवास घटना होला पुर्वास कति ।।

शिक्षाको जग खन्नुभो नि गहिरो जो बन्नगो पोखरी।
सान्निध्यै हरिको भयो नजरमा आशीष भो त्यै घरी !
बढ्दै ज्ञान र भावना सँगसँगै वाराणसी क्षेत्रमै ।
पुग्नुभो शिव शक्तिले खुलिगयो त्यो ज्ञानको नेत्र नै।।

जस्तै संकटमा थिए हजुरका साथी र मान्यै जन !
लाग्नुभो भनि ज्ञानको चहकिलो ठूलो यही हो धन।।
अस्सीघाट र देवका नगरीमा घुम्दा भयो खट्पट।
उत्साही मनले बनाउनु थियो रोटी सबै झट्पट।।

पाईंदैन थियो विदेशी बनिदा बस्ने कुनै आश्रम ।
भाषामा दुविधा खपेर गरिने धेरै थिए उद्यम ।।
विद्याकै नगरी भनेर चिनिने काशी पुरी मान्दछन् ।
राम्रो संस्कृत ज्ञानमा निपुणहो भन्ने सबै ठान्दछन्।।

विद्यार्थी हुनमा कठीन सँगका यात्राहरू भन्दछन् ।
सारा जीवनका नवीन सपना सङ्कष्टले बन्दछन्।।
बाल्दै ज्ञान दियो सबै हृदयका भण्डार छन् झल्मल ।
पायौँ यो नगरौँ नयाँ सु-रचना पढ्नै यहाँ अल्मल ।।
१०
पाईन्छन् इतिहासका सृजनका पानाहरू भित्र नै !
झल्किन्छिन् जननी कता कसरियो हेर्दैछु है चित्र नै।।
यात्रा पश्चिमको र पूर्व तिरको संघारमा दौडंदैँ !
अर्काकै उपकारमा हरघडी लाग्नु भयो सम्झँदै ।।
११
लेख्नु भो इतिहासको गहकिलो सारा समेटी कन ।
पढ्दा यो रचना रहन्छ सबमा भूटानकै सम्झना ।।
पूर्वार्धै अघिका सबै विगतका सारा कुरा लेख्नु भो !
कालो साशनका अगाडि पछिका सर्वस्व नै देख्नु भो !!
१२
हामीमा इतिहास यो रहिदिने मान्छु म विश्वास छ ।
भन्नेछन् सबले बनेछ कृति यो पायौँ अमूल्यै र छ।।
यस्माछन् सबका त भित्रि मनका आकाङ्क्षका वेदना।
सम्झीँदा मनमा कतै विषयले देखिन्छ आफ्नै पना ।।

[डा० लक्ष्मीनारायण ढकालद्वारा लिखित “वासदेखि पुनर्वाससम्म” प्रति समर्पित – कवि ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *