वैशाख राम्रो थियो

भानु ढुङ्गाना
क्यानाडा

चौतारी  बिचमा  बसेर कविता  लेखौँ  भनी  रौसिएँ
देखें   पुष्पलता  अनेक   थरिका  उत्सर्गमा  हौसिएँ  ।
यो साँच्चै अमरावती  नगरि  झैँ  देखिन्छ  बैशाखमा
लेख्तै यी कविता कला कलमका राखौँ भनी गाथमा ।।

के लेख्ने  कविता  भनेर  हिडने  निन्द्रा  समाधिस्थले
लेख्ने हो कविता कला कलमले भन्दा  मिठा यी फले । 
सारा   पुष्पलता  विशेष  अहिले  आहा ! बगैंचाभरी
यात्रा जीवनका अनेक महिमा  लेखौँ  कला  बेस्सरी ।।

निस्क्यो चैत गयो प्रफुल्ल वनमा बैशाख लाग्यो अब
निस्के पुष्पलता सहर्ष  तनमा  उल्लास  जाग्यो  तब ।
जाग्यो  मात्र यहाँ यता मन महाँ सन्त्रास भारी छ  यो
कोरोना जगमा पसेर  दुनियाँ  लाँदै  छ  सन्त्रास  यो ।।

Don't have a Facebook account? Please, use the form below with other options!