शहीद उद्घोष

कवि

प्रकाश घिमिरे,
नोर्थ डकोटा, अमेरिका

म मारिएँ
सहीद कहलिएँ
खै तिमीले केही गर्यौ त?
बितिगयो समय
केही हुदैनौं तिमी अब त,
त्यसैले
जुवारभाटा चम्कियोस की चट्टान चर्कियोस
या होस दिउँसै अँध्यारो या चोला फर्कियोस,
नसोचे भो अब तिमीले कि त्यसै शान्ति बर्सियोस
संघर्ष त्यो तिम्रो जीवनको यसै बेकाम घस्रियोस !
सून,
राष्ट्रका खातिर
राष्ट्रियता अझै पनि बोझ भै’रा छ मलाई
देश परतिर
अर्को नाम, काम, दाम चाहिएन मलाई
त्यसैले म मारिएँ शहीद कहलिएँ
तर तिमीलाई,
चिनेर चीजकी चिरेर चित्कारमा भा’छ चिन्ता?
छायाँ न माया न ता दया केमा भो शीत्तलता?
वादविवाद सहेर हद थापेर काँध के सफलता ?
त्यसैले,
पोल्नु पोलोस कि बोलोस शब्द तिमीसँग गाँसेरा नाता !
अब,
गर्न केही अझै बाँकी यदि छ भने,
उठाऊ कदम अग्निको बेग भै,
तड़प, धडप, झड़प अशान्तिको
खतम पार एक भै
प्रहार गर शब्दले बोली न बोली ठाउँमै;
मैले त यहाँ,
आशा भरोसा भाइ निरासा तिरिपासामा थापेपो जोवन
गाँस, बास, कपास रित्तो रास मधुमास भा’छ योवन
फगत,
लाएर मीत रित तो मेट्दा गीत सीत भै गाउँछु बिहान
जिउँदै मुर्दा पारी घुर्दा पुर्दा मात्र गनाउला मेरो चिहान
गनाउला मेरो चिहान !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *